+
+

हवाई यात्रामा एन्टिजेन परीक्षण अनिवार्य नगरिने, खोप कार्ड देखाए पुग्ने

अनलाइनखबर अनलाइनखबर
२०७८ माघ ५ गते १६:४६

५ माघ, काठमाडौं । आन्तरिक हवाई यात्रामा हवाई यात्रुको एन्टिजेट परीक्षण अनिवार्य नगरिने भएको छ । यसअघि मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको भए पनि यो छोटो दूरीको हवाई यात्रामा अव्यवहारिक हुने भन्दै गृह मन्त्रालयमा बुधबार बसेको बैठकमा यस्तो प्रावधान अनिवार्य नगर्ने मौखिक सहमति भएको हो ।

यसबारे संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव बुद्धिसागर लामिछानेले वायुसेवा कम्पनीलाई जानकारी गराएका छन् । सोही अनुसार वायुसेवा सञ्चालक संघले आफ्नो सदस्यहरुलाई सर्कुलर गरेको छ ।

नयाँ निर्णय अनुसार यात्रुले दोब्बर माक्स लगाएको हुनुपर्ने छ । यस अवस्थामा फेस शिल्ड अनिवार्य गरिने छैन । यात्रा अवधिभर माक्स खोल्न पाइने छैन । यात्रुसँग खोप कार्ड हुनुपर्ने छ । कार्ड बोक्न नसक्दा मोवाइलमा फोटो देखाए पनि हुने व्यवस्था गरिएको छ ।

यात्रुको तापक्रम नाप्ने व्यवस्था भने वायुसेवा कम्पनीले मिलाउनु पर्नेछ । यात्रु चेक इन गर्ने समयमा उनीहरुलाई संक्रमक रोग सम्बन्धि लक्षण भए नभएकोबारे सोधपुछ गरिने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?