+
+

खेल क्षेत्रमा लगानी गर्न सरकारले कन्जुस्याइँ गर्दैन : अर्थमन्त्री

अनलाइनखबर अनलाइनखबर
२०७८ माघ ५ गते १७:४०
फाइल तस्वीर

५ माघ, काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले खेल क्षेत्रमा लगानी गर्न सरकारले कन्जुस्याइँ नगर्ने बताएका छन् ।

प्रधानमन्त्री कप पुरुष टी–२० क्रिकेट प्रतियोगिता विजयी टिमलाई पुरस्कार वितरण कार्यक्रममा अर्थमन्त्री शर्माले कमजोर पूर्वाधार हुँदा पनि खेलाडीले राम्रो मेहनत गरेको बताए । ‘यस्तो पूर्वाधार कमजोर भएको अवस्थामा पनि खेलाडीहरुले जुन मेहनत गरिरहनु भएको छ । त्यो प्रशंसायोग्य छ,’ उनले अघि भने, ‘सरकारले पूर्वाधार विकास र खेलाडीको सेवा सुविधा दिन सक्दो प्रयास गर्ने छ ।’

क्रिकेट खेल्ने स्थानमा लाइटको अभाव भएकाले काम अगाडि बढाउन क्रिकेट संघलाई भनेको उनले सुनाए । अर्थमन्त्री शर्माले भने, खेलाडीले गर्ने जिममा समेत समस्या रहेको पाएको छु । त्यो विषयमा खेलकुद सचिवले हेर्नु अनुरोध गर्दछु । खेलकुदमा सरकारले कुनै कन्जुस्याइँ नगरी लगानी गर्नु पर्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?