+
+

डेम्बेलेलाई जाभीको सन्देश-सम्झौता नवीकरण वा क्लब छाड्ने मध्ये एक रोज

अनलाइनखबर अनलाइनखबर
२०७८ माघ ६ गते ८:५०

६ माघ, काठमाडौं । बार्सिलोनाका प्रशिक्षक जाभीले विंगर उस्मान डेम्बेलेलाई सम्झैता नवीकरण वा क्लब छाड्ने मध्ये एक विकल्प रोज्न आग्रह गरेका छन् ।

डेम्बेलेको सम्झौता यही समरमा सकिने छ, जुन नवीकरणका लगि क्लबले ५ महिनादेखि प्रयास गरिरहेको छ । तर अब लामो समय पर्खिन नसक्ने भन्दै प्रशिक्षक जाभीले भनेका छन्, ‘डेम्बेलेबारे हाम्री प्रष्ट छौं, या त उनले सम्झौता नवीकरण गर्नुपर्छ, या क्लब छाड्ने बाटो रोज्नुपर्छ । अर्को विकल्प छैन ।’

जाभीका अनुसार डेम्बेलेले उनीसँग बार्सिलोनामै बस्न इच्छुक रहेको बताएका छन् । तर सम्झौता पनि नवीकरण भएको छैन । बार्सिलोना जनवरीको ट्रान्सफर विण्डो अगाडि नै यो निर्णय होस् भन्ने चाहन्छ ।

डेम्बेले बोरुसिया डर्टमुण्डबाट २०१७ मा बार्सिलोना आएका थिए । तर २४ वर्षका उनी बार्सिलोनामा धेरै समय चोटग्रस्त रहे ।अहिले उनलाई अनुबन्ध गर्न प्रिमियर लिग क्लबहरु म्यानचेष्टर युनाइटेड, न्यूक्यासलसँगै लिभरपुल इच्छुक देखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?