+
+

टाउको फुटेको अवस्थामा धनुषामा युवतीको शव भेटियो

अनलाइनखबर अनलाइनखबर
२०७८ माघ ६ गते १६:०५
फाइल तस्वीर

६ माघ, जनकपुरधाम । टाउको फुटेको अवस्थामा धनुषामा एक युवतीको शव भेटिएको छ ।

धनुषाधाम नगरपालिका वडा नम्बर-६ स्थित आँपको बगैचामा अन्दाजी २६ बर्षीया युवतीको शव भेटिएको धनुषा प्रहरीका प्रवक्ता एवं डीएसपी जितेन्द्र बस्नेतले बताए ।

‘मृत फेला परेकी युवतीको टाउकोको पछाडि भाग फुटेको देखिन्छ’ उनले भने, ‘मृतकको नाम र ठेगाना खुल्न सकेको छैन ।’

मृतक युवतीको शवलाई पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुरधाम ल्याइएको र यस सम्बन्धमा अन्य अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?