 
																			६ माघ, काठमाडौं । काठमाडौंको सुन्धारास्थित मुस्लिम समुदायको मदनी मस्जिद रहेको सरकारी जग्गा व्यक्तिको नाममा गरिएको भन्दै मुस्लिम समुदायका अगुवाहरुले सो जग्गा सरकारको नाममा ल्याउन माग गरेका छन् ।
बिहीबार मुस्लिम आयोग, विभिन्न राजनीतिक दलका मुस्लिम समुदायसँग सम्बन्धित भातृ संगठनका प्रमुख तथा प्रतिनिधिहरुले भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री शशी श्रेष्ठलाई भेट गरी सुन्धाराको मदनी मस्जिद रहेको जग्गा सरकारको नाममा ल्याउन माग गरेका हुन् ।
सो सरकारी जग्गा मुस्लिम समुदायले लामो समयदेखि भोगचलन गर्दै आएको भए पनि पछिल्लो समय भूमाफियाहरुले व्यक्तिको नाममा पारी जग्गा हडपेको सरोकारवालाले बताएका छन् ।
मन्त्री श्रेष्ठलाई सो जग्गा मस्जिद कायम रहनेगरी सरकारको नाममा ल्याउन अनुरोध गरिएको र उनले सो जग्गा सरकारको नाममा फिर्ता आउने तथा मस्जिद कायम रहने आश्वासन दिएको मुस्लिम आयोगका अध्यक्ष समिम मियाँ अन्सारीले बताए ।
उनले भने, ‘यो विषयमा अत्यन्तै गम्भिर भएर यो सरकारको जग्गा सरकारकै नाममा फिर्ता आउँछ र विगत लामो समयदेखि मुस्लिम समुदायले भोगचलन गर्दै आएको मुस्लिम समुदायको धार्मिक आस्थाको कुरा त्यहाँ रहेको, त्यहीँ नै कायम रहन्छ भन्ने कुरा मन्त्रीज्यूले आश्वासन दिनुभएको छ । छिट्टै समाधान गर्छौ भन्ने आश्वासन हामीले पाएका छौँ।’
मुस्लिम समुदायका अगुवाहरुले सो जग्गा छिट्टै सरकारको नाममा आउनेमा विश्वास व्यक्त गरेका छन् ।
 
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                .jpg) 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
     
     
     
     
     
                
प्रतिक्रिया 4