+
+

दीपिकाको ‘गहराइयाँ’को ट्रेलर रिलिज

अनलाइनखबर अनलाइनखबर
२०७८ माघ ७ गते १२:२४

७ माघ, काठमाडौं । बलिउड अभिनेत्री दीपिका पादुकोणको प्रमुख भूमिका रहेको चलचित्र ‘गहराइयाँ’को ट्रेलर रिलिज भएको छ । बिहीबार साँझ ओटीटी प्लेटफर्म अमेजन प्राइम भिडियोले यो चलचित्रको ट्रेलर सार्वजनिक गरेको हो ।

चलचित्रमा अनन्या पाण्डे, सिद्धान्त चतुर्वदी र धैर्य करवाको पनि मुख्य भूमिका रहेको छ । सकुन बत्राले निर्देशन गरेको ‘गहराइया’को ट्रेलरलाई दर्शकहरुले एकदमै रुचाएका छन् । प्रशंसकका साथै बलिउडकर्मीहरुले समेत ट्रेलरको खुलेर तारिफ गरेका छन् ।

दीपिकाको यसअघि रिलिज भएको चलचित्र ‘८३’ले बक्स अफिसमा गतिलो कमाइ गर्न सकेको थिएन । ‘गहराइयाँ’बाट उनी निकै आशावादी रहेको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

रोमान्टिक ड्रामा यो चलचित्र आगामी फेब्रुअरी ११ मा अमेजन प्राइम भिडियोमा रिलिज हुँदैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?