+
+

मोवाइल चोर्ने प्रहरीलाई कारबाही नभए कडा कदम चाल्छौं : मोवाइल व्यवसायी

अनलाइनखबर अनलाइनखबर
२०७८ माघ ८ गते ९:०१

८ माघ, काठमाडौं । मोवाइल व्यवसायीहरूले बर्दीसहित पसल छिरेर मोवाइल चोर्ने प्रहरीलाई कारबाही नभए कडा कदम चाल्ने चेतावनी दिएका छन् ।

मोवाइल व्यवसायीहरूको संस्था नेपाल मोवाइल व्यवसायी महासंघ विज्ञप्ति जारी गर्दै घटनाप्रति ध्यानाकर्षण भएको बताएको छ ।

विज्ञप्तिमा सुरक्षामा खटिएका प्रहरीबाटै मोवाइल चोरिएको घटना अपत्यारिलो भएको र मोवाइल व्यवसायीहरू असुरक्षित भएको उल्लेख गरिएको छ ।

महासंघले चोरीमा संलग्न दोषीलाई तत्काल सार्वजनिक गरी कारबाही गर्न माग गरेको छ ।कारबाहीमा लापरबाही गरिए कडा कदम चाल्ने चेतावनीसमेत महासंघले दिएको छ ।

यही माघ ६ गते राति लागू औषध कारोबार भइरहेको सूचना पाएको भन्दै अप्रेशनका लागि ग्लोबल मोबाइल ग्यालरीमा छिरेका प्रहरीले मोवाइल चोरेको सीसीटीभी फुटेजमा देखिन्छ ।

चोरीमा संलग्न भएका हवल्दार हेमबहादुर माल र प्रहरी जवान भरत बुडाल प्रकाउ परिसकेका छन् । उनीहरु दुवै जना जिल्ला प्रहरी कार्यालयको टाइगर टोलीमा कार्यरत छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?