+
+

दोहोरो अंकले घट्यो नेप्से परिसूचक

अनलाइनखबर अनलाइनखबर
२०७८ माघ ९ गते १५:४९

९ माघ, काठमाडौं । साताको पहिलो दिन आइतबार शेयर बजारमा दोहोरो अंकको गिरावट देखिएको छ । कारोबार खुला भएको केही समय दोहोरो अंकले बढेको बजार दिनभरको तीव्र उतारचढावपछि घटेर बजार बन्द भएको हो ।

नेप्से परिसूचक १० दशमलव ८३ अंकले घटेर दुई हजार ९२० दशमलव ५१ अंकमा झरेको छ । कारोबार रकम भने सात अर्ब माथि नाघेको छ । दिनभर भएका एक करोड ४७ लाख चार हजार २७७ कित्ता शेयर किनबेच हुँदा कारोबार रकम सात अर्ब तीन करोड आठ लाख आठ हजार २६२ रुपैयाँ पुगेको छ ।

बजार घटे पनि आइतबार केही कम्पनीहरूको शेयर मूल्य राम्रै बढेको छ । शेयर मूल्य धेरै बढ्नेमा विन नेपाल लघुवित्त देखिएको छ । जसको शेयर मूल्य १० प्रतिशतले बढेर ९१४ रुपैयाँ १० पैसा पुगेको छ । धेरै शेयर मूल्य बढ्ने दोस्रोमा बुद्धभूमी हाइड्रोपावर र तेस्रो नम्बरमा मैलुङ खोला हाइड्रोपावर देखिएका छन् । जसको शेयर मूल्य करिब १० प्रतिशतले बढेर क्रमशः ३४८ रुपैयाँ १० पैसा र ६०३ रुपैयाँ ५० पैसामा पुगेको छ ।

धेरै शेयर मूल्य बढ्नेमा चौथो नम्बरमा भने ग्लोबल आइएमई बैंक देखिइएको छ । ग्लोबल आइएमईको शेयर मूल्य आइतबार ६.७४ प्रतिशतले बढेर ३६४ रुपैयाँमा पुगेको छ भने ज्योति लाइफ इन्स्यारेन्सको शेयरमूल्य ६.६९ प्रतिशतले बढेर ७०५ रुपैयाँ २० पैसा पुगेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?