+
+

ललितपुर महानगरमा पाँच दिनका लागि अत्यावश्यक बाहेकका सेवा बन्द

अनलाइनखबर अनलाइनखबर
२०७८ माघ ९ गते १८:५८

९ माघ, ललितपुर । ललितपुर महानगरपालिकाले माघ १० गते सोमबारदेखि ५ दिनका अत्यावश्यक सेवामात्रै प्रदान गर्ने भएको छ । कोभिड १९को नयाँ भेरियन्ट (ओमिक्रोन) बाट संक्रमित भई महानगरका कर्मचारीहरु उपचार एवंम होम आइसोलेसनमा रहेकाले महानगरले अत्यावश्यक सेवा मात्रै दिन लागेको हो ।

नगर प्रमुख चिरीबाबु महर्जनले ओमिक्रोनका कारण प्रायजसो जनप्रतिनिधि र कर्मचारीहरु संक्रमित भएकाले कार्यालयमा नियमित सेवा संचालन गर्न नसकेको बताए ।

उनले भने, ‘कार्यालयमा भएका कर्मचारीबाट मात्रै सबै सेवा संचालन गर्न सकेनौं ,त्यसैले केही दिनका लागि निश्चित सेवा मात्रै संचालन ग¥यौं, यसबाट पर्न गएको असुविधाप्रति क्षमा प्रार्थी छौं ।’महानगरका प्रमुख प्रशासकीय अधिकृत गणेश अर्यालले अधिकांश कर्मचारी संक्रमित हुँदा नियमित सेवा संचालन गर्न धेरै गाह्रो परेको बताए ।

उनले भने, ‘आलोपालो गरेर पनि नियमित सेवा प्रवाह गर्न सक्ने स्थिति भएन, त्यसैले, अत्यावश्यक सेवामा मात्रै केन्द्रित भयौं ।’ अत्यावश्यक सेवा अन्तर्गत स्वास्थ्य सेवा, दमकल, शववाहन, एम्बुलेन्स, सरसफाई , नगरप्रहरी रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?