+
+

‘ब्रिटिस कलेजको उद्देश्य नै नवप्रवर्तक र उद्यमी तयार पार्नु हो’

अनलाइनखबर अनलाइनखबर
२०७८ माघ ९ गते १९:०८

म्यारी बिसप लर्निङ फर एसीसीए ग्लोबलकी पूर्व निर्देशक हुन् । उनले निर्देशक हुँदा एसीसीए शिक्षा, लेखापाल/लेखा परीक्षकको निरन्तर पेशागत विकास (सीपीडी), गैर लेखापालका लागि एसीसीएको वित्तीय योग्यता, विद्यार्थी तथा शिक्षकका लागि सामाजिक प्ल्याटफर्म र परीक्षा एवं रोजगारदातालाई प्रत्यायन (एक्रेडिटेसन)को नेतृत्व गरेकी थिइन् । त्यस्तै, उनले ह्युलेट पाकार्ड रिसर्च ल्याबोरेटरिजमा नेतृत्वदायी भूमिका समेत निभाइसकेकी छन् ।

दश वर्षदेखि ब्रिटिस कलेजमा काम गर्दै आएकी बिसपलाई गत वर्ष कलेजको कार्यकारी प्रिन्सिपलमा नियुक्त गरिएको थियो । यसबाहेक, उनले हाल NEDs र बेलायतका नियामक निकायमा विभिन्न जिम्मेवारी सम्हालिरहेकी छन् । त्यस्तै, विशेषगरी नवीन डिजिटल शिक्षण, सिकाइ मोडेल, शासकीय व्यवस्था, जोखिम व्यवस्थापन र नियम पालना (रेगुलटेरी कम्प्लायन्स) मा जोड दिँदै वित्तीय तथा शैक्षिक कन्सल्टेन्सीको अगुवाइ समेत गर्छिन् ।

विसपले अनलाइनखबरसँग कुरा गर्दै ब्रिटिश कलेजमा काम गर्दाको आफ्नो अनुभव,  कलेजको विशिष्टता र महामारीका बेला विद्यार्थीलाई सहज तरिकाले पढाउनका लागि भइरहेका गतिविधिबारे चर्चा गरेकी छन् ।

ब्रिटिस कलेजसँग तपाईँको अनुभव कस्तो रहँदै आएको छ ?

अहिलेसम्मको अनुभव निकै राम्रो  पाएकी छु । संस्थाका सुरुवाती वर्ष अर्थात् २०१२ देखि नै ब्रिटिस कलेजसँग आबद्ध हुँदै आएकी छु । एक पटक युनिभर्सिटी अफ वेस्टर्न इङल्याण्ड (यूडब्ल्यूई) को अन्तर्राष्ट्रिय प्रमुख समेत भएर काम गरेँ । मैले प्राज्ञिक क्षेत्रको नेतृत्व गर्दै यूडब्ल्यूका कार्यक्रम नेपाल भित्र्याउने काम गरेँ । ब्रिटिस कलेज नेपालमा बेलायती डिग्री भित्र्याउने दोस्रो कलेज हो । यही भएर आफ्नो अनुभवलाई निकै महत्वपूर्ण भन्नुपर्छ ।

यसबाहेक,  मैले विद्यार्थीको अनुभवलाई सँधै मन पराएकी छु र विद्यार्थीका लागि अवसर सिर्जना गर्दै आएकी छु । यही कुरामा नै मेरो क्यारिअर केन्द्रित हुँदै आएको छ । ब्रिटिस कलेजमा यिनै काम गर्न रुचाउँछु र विद्यार्थीको शैक्षिक विकासमा सहयोग गर्न चाहन्छु । हाम्रा विद्यार्थीले अधिकांस कुराप्रति उत्सुकता देखाउँदा म निकै खुशी हुन्छु । नेपालमै बसेर बेलायती डिग्री हासिल गर्नु ठूलो कुरा हो र यसले विद्यार्थीलाई हामीसँग आफ्नो विचार राख्न कहिल्यै रोकेको छैन । यसले विद्यार्थीका लागि अवसर सिर्जना गर्न मात्रै सघाउँदैन, नेपाल जस्ता विकासशील मुलुकलाई समेत पछिसम्म सहयोग गर्ने छ भन्ने मेरो बुझाई छ ।

हामीले एउटा संस्थाको रूपमा के विश्वास गर्छौं भने हामी एउटा परिवार हौं, जहाँ सबैले एकअर्काका कुरा सुन्छौं । किनभने विद्यार्थीले नजिकबाट हामीसँग सहकार्य गर्न सक्ने वातावरण सिर्जना गरेका छौं र यो कुरा निकै अद्धीतीय छ भन्ने लाग्छ ।

युवायुवतीहरू ब्रिटिश कलेजप्रति आकर्षित हुने  यही कारण हो त ?

हामीले नेपालका अन्य कुनै कलेजले अफर नगर्ने निकै उच्चकोटीको बेलायती डिग्री प्रदान गर्छौं । यसबाहेक,  हामीले प्रदान गर्ने शिक्षा रोजगारमूलक हुनुपर्छ भनेर समेत सचेत छौं र व्यावसायिक डिग्रीलाई समेत जोड दिँदै आएका छौं । जस्तै, हामीसँग बीएमआईटी (बिजनेस म्यानेजमेन्ट एण्ड इन्फर्मेशन टेक्नोलोजी) का कोर्स छन् र यस्ता कोर्सले विद्यार्थीहरू तयार बनेर सम्बन्धित क्षेत्रका काम गर्न सक्ने कुरालाई सुनिश्चित गर्छन् ।

हाल विद्यार्थीहरूले सैद्धान्तिक ज्ञानलाई व्यावहारमा प्रयोग गर्नुपर्ने खाँचो महसुस गरिरहेका छन् । हामीले एउटा संस्थाको रुपमा सुरुदेखि नै यस्तो अवसर प्रदान गर्दै आएका छौं ।

अर्को कुरा, हामीले नेपालका रोजगारदाताको कुरा पनि सुन्दै आएका छौं र यहाँ आवश्यक पर्ने कोर्स भित्र्याइरहेका छौं । उदाहरणका लागि, हामीले डिसेम्बरको सुरुमा साइबर सुरक्षासम्बन्धी एउटा कोर्स सुरु गरेका छौं जुन कोर्स नेपाल जस्तो मुलुकलाई सहयोगी हुने छ ।

तपाईँलाई महामारीका बेला प्रिन्सिपलको रुपमा काम गर्दा कत्तिको कठिनाई भइरहेको छ ?

कठिनाई भइरहेको छ । तर यो कलेजमा विगत १ दशकदेखि विभिन्न क्षेत्रमा काम गर्दै आएकी छु । यसअघि समेत यहाँ आएकी थिएँ र निकै रमाइलो लागेको थियो । काठमाडौंमा रहेका मेला सहकर्मीका कारण सांस्कृतिक आयाम सिक्न तथा बुझ्न पाउँदा आफूलाई भाग्यमानी ठानिरहेको छु । त्यही आएर बस्दा उत्तम हुन्थ्यो तर प्रविधिले निकै सहयोग गरेको छ । मैले मानिससँग कुराकानी गर्नका लागि प्रविधिको प्रयोग गरिरहेको छु । एसीसीएमा हुँदा समेत विश्वभरका १ सयभन्दा बढी कार्यालयका शैक्षिक निर्देशकसँग कुराकानी गर्थेँ ।

तपाईँ अनलाइनमा काम गर्न अभ्यस्त भइसक्नु भएको छ । महामारीमा सिकाइलाई सहज बनाउने गरी कुनै नयाँ योजना ल्याउनु भएको छ कि ?

मैले अनलाइन सिकाइलाई कसरी प्रभावकारी बनाउने भन्नेबारे आफ्नो व्यावहारिक अनुभव साटासाट गरिसकेकी छु । मैले प्ल्याटफर्मलाई बुझ्छु, मसँग प्ल्याटफर्मबारे  कैयौं डिजाइन छन् र कुशलताका साथ विद्यार्थीलाई कसरी संलग्न गराउने भनेर थाहा छ । शैक्षिक गतिविधिबारे (एकेडेमिक्स) कर्मचारीसँग विस्तृतमा कुराकानी समेत गरेकी छु ।

तर हामीहरू कोभिड-१९ महामारीबाट अघि बढिसकेका छौं भन्ने लाग्छ र हामीलाई अघि बढ्न सघाएकोमा  कर्मचारी तथा विद्यार्थी दुबैप्रति आभार व्यक्त गर्छ चाहन्छु । हामीले महामारीलाई बहाना बनाएका छैनौं । हामीले यसलाई सामना गरेका छौं । काठमाडौं र यो क्षेत्रमा महामारीले ल्याएको समस्या देख्यौं र अघि बढ्न के-कस्ता सिप चाहिन्छन् भनेर हेर्‍यौं ।

हामीले विद्यार्थीलाई अतिरिक्त सूचना प्राप्त गर्न सघाउने गरी इन्टरनेटसहितको ल्याब (इन्टरनेट अफ थिङ्स ल्याब) स्थापना गरेका छौं । त्यस्तै, एउटा विद्यार्थी कल्याण केन्द्र (वेलबिइङ सेन्टर) समेत सुरु गरेका छौं र उक्त केन्द्रमार्फत् मानसिक स्वास्थ्यसम्बन्धी समस्या खेपिरहेका विद्यार्थीलाई परामर्श दिँदै आका छौं । र, अबदेखि विद्यार्थीलाई उनीहरूको शैक्षिक सिप र अंग्रेजीमा सघाउने उद्देश्यसहित एउटा  शैक्षिक उपलब्धी केन्द्र (एकेडेमिक सक्सेस सेन्टर) थालनी गर्ने योजना छ । हामी निकै सक्रिय भएर लागिरहेका छौं भनौं ।

इन्टरनेटसहितको ल्याब र कल्याण केन्द्रको हकमा कुरा गर्दा विद्यार्थीको कस्तो प्रतिक्रिया आइरहेको छ ?

विद्यार्थी कल्याण केन्द्रले निकै राम्रो प्रतिक्रिया पाइरहेको छ । हामीलाई विद्यार्थीहरूले कठिनाइ झेलिरहेका छन् भन्ने थाहा थियो । केन्द्रमार्फत् उनीहरू कसरी र किन कठिनाइ झेलिरहेका छन् भन्ने थाहा भयो । हामीले त्यस्ता विद्यार्थीलाई थप स्रोतसाधन दिएर सहयोग गर्‍यौं । विद्यार्थीको मानसिक स्वास्थ्य हाम्रा लागि महत्वपूर्ण कुरा हो र  महामारीबाट मानसिक स्वास्थ्यमा परेको असरबारे थाहा पाउन चाहन्थ्यौं । विद्यार्थीले आफूलाई विशेषज्ञको सहायता चाहिएको बताए र हामीले उनीहरूको कुरा सुन्दै परामर्शदाता उपलब्ध गरायौं । उनीहरूले सुनाएका केही समस्या निकै विक्षिप्त पार्ने खालका वा पीडादायक थिए । हामीले आगामी दिनमा समेत यो कार्यलाई जारी राख्ने छौं ।

तपाइँले आफ्नो कार्यकाल सुरु गर्दा कस्ता उद्देश्य राख्नु भएको थियो ?

हामीहरू गुणस्तरप्रति निकै प्रतिबद्ध छौं । यही भएर नै थप गुणस्तर हासिल गर्ने कार्य नै मेरो प्रमुख उद्देश्य थियो । तर हाम्रो आवश्यकता भन्दा पनि चाहनाले यो उद्देश्य राखेको बुझ्नुपर्छ । २०२१ को मे महिनामा ब्रिटिश एक्रेडिसन काउन्सिलको प्रत्यायन पाएपछि यो कार्य गर्न सक्यौं । अन्य उद्देश्यको कुरा गर्दा मैले विद्यार्थीको अनुभव अभिवृद्धि गर्न नेपालमा विद्यार्थीलाई के चाहिएको छ भनेर बुझ्न चाहेकी थिएँ । यही क्रममा विद्यार्थीलाई रोजगारमूलक सिप सिक्न सघाउने इन्टरनेटसहितको ल्याब स्थापना गरिएको हो ।

त्यस्तै,  मैले महामारीका बेला निकै कठिन बनेको गतिशीलता (मोबिलिटी) माथि जोड दिन चाहेकी थिएँ । यो कुरामा प्रगति हुन सकिरहेको छैन तर हामीले प्रतिबन्ध हट्नेबित्तिकै सबै कुरा तयारसहित गर्ने गरी योजना बनाइसकेका छौं । साथै, हामीले त्यहाँ (नेपालमा) अध्ययनरत विद्यार्थीका लागि केही महिना बेलायतका क्याम्पसमा पढ्ने मौका सिर्जना गर्न चाहन्छौ ।

शिक्षकसँगको अनुभव हालसम्म कस्तो पाउनु भएको छ ?

मैले प्राय: शिक्षकको बारेमा कुरा गर्छु र उहाँहरू निकै राम्रो/योग्य हुनुहुन्छ किनभने हामीले बेलायतमा तयार पारिएका कोर्स पढाउन सक्ने शिक्षक नियुक्त गर्छौं । बेलायतका विश्वविद्यालयले जसरी पढाउँछन् हामीले पनि त्यसरी नै बढाउँछौं । यही कारण सँधै गुणस्तर बढिरहेको हुन्छ । यूडब्ल्यूईले नयाँ-नयाँ शिक्षण विधि अपनाउने वा पाठ्यक्रममा नयाँ कुरा थप्दा हामीले पनि सोही गर्नु पर्ने हुन्छ ।

यही भएर सँधै फरक-फरक शिक्षण विधि लागू गर्दै आएका छौं । परिवेश फरक हुन्छ तर बेलायतका विद्यार्थीले जे पढ्छन् त्यही विषय नेपालका विद्यार्थीले समेत पढ्न पाउँछन् । तसर्थ, शिक्षकले बेलायतका शिक्षण संस्थामा काम गरेर आफ्नो सीप विकास गर्ने एवं विद्यार्थीका लागि सिकाइलाई रोचक बनाउने नयाँ उपाय खोज्ने भएको हुँदा उनीहरूसँग काम गर्दाको हालसम्मको अनुभव निकै राम्रो रहेको छ ।

तपाईँहरूले उद्दमशीलतालाई समेत प्रबर्द्धन गर्नु हुन्छ ?

मेरो विचारमा कलेजको आधारभूत उद्देश्य नै उद्यमी एवं परिवर्तन गर्न सक्ने व्यक्ति तयार पार्नु हो । हरेक कुरामा हामी उद्यमशील छौं जस्तो लाग्छ । यो कलेज उद्यमीले नै स्थापना गरेका हुन् । यही कारण हामीले प्रदान गर्ने शिक्षा एवं शिक्षण विधि उद्यमशील छ । साथै, हामीले कर्मचारी र विद्यार्थी दुबैलाई विभिन्न अवधारणा, नवप्रवर्तन र नयाँ उद्यममा काम गर्न प्रोत्साहित गर्छौं ।

तपाईँले आफ्नो कार्यकालमा कुनै नयाँ कोर्स थप्ने योजना बनाउनु भएको छ कि ?

हामीले अन्य कोर्स विकास गरिरहेका छौं र चाँडै नै ती कोर्स सुरु गर्न चाहन्छौं । तर अनुमोदन हुन बाँकी भएकाले नयाँ कोर्स अहिले नै सार्वजनिक गर्न मिल्दैन ।

नेपालका कैयौं युवायुवतीहरू विकसित मुलुक जान्छन् तर बिरलै स्वदेश फर्किने गर्छन् । हामीलाई ब्रिटिश कलेज जस्ता संस्थाले प्रतिभा पलायन रोक्न सघाउँछन् त ?

ब्रिटिश कलेजको एउटा मुख्य उद्देश्यमध्ये नेपालका विद्यार्थीको क्षमता विकास गर्नु हो । हामीले विद्यार्थीद्याई सिप हालिस गर्ने र विदेशमा छोटो वा लामो दुबै समयका लागि बस्ने तथा पढ्ने वातावरण मिलाउँदै मोबिलिटी प्रबर्द्धन गर्न चाहन्छौं । तर त्यस्ता विद्यार्थीलाई स्वदेश फर्केर केही गर्दै मुलुकको प्रगतिमा सघाउन प्रेरित गर्छौं । जस्तै, ब्रिटिश कलेजका संस्थापक राजेन कँडेललाई उदाहरणको रुपमा लिन सकिन्छ ।

यद्यपि, विद्यार्थीले विश्वभर सहभागिता जनाउन सकून् भन्ने हाम्रो चाहना हुन्छ । किनभने यसबाट उनीहरूले आफ्ना लागि उत्तम कुरा सिक्न सक्छन् र अवसर सिर्जना भएको खण्डमा उनीहरूलाई स्वदेशमै आकर्षक रोजगार पाउन निकै सहज हुन्छ ।

आउँदा वर्षमा तपाईका केकस्ता योजना छन् ? विद्यार्थीले के अपेक्षा गर्न सक्छन् ?

हामी निश्चित ‘मिसन’का लागि नेपालमा छौं । यहाँ केबल आर्थिक उद्देश्यले मात्रै रहेका छैनौं । हामीहरू अवसर र क्षमता विकास गर्न यहाँ रहेका हौं । मेरो विचारमा विद्यार्थीले नेपालमा चाहिने सिप विकासका लागि नयाँ-नयाँ कोर्सको अपेक्षा गर्न सक्छन् । यही भएर हामीले रोजगारदातासँग नियमित कुरा गर्दै विकास वा पूर्ति गर्नुपर्ने सिपबारे जानकारी दिन भन्छौं ।

ब्रिटिक कलेज फरक हुनुको कारण के होला ?

ब्रिटिस कलेज अरुभन्दा फरक हुनुको पहिलो कारण भनेको यहाँ निकै अनुकूल एवम् सहज वातावरण छ । यो कलेजमा सबैको आवाज सुन्ने गरिन्छ । यो एउटा यस्तो संस्था हो जहाँ विद्यार्थीले नै हाम्रो विचार अघि बढाउँछन् किनभने हामीले उनीहरूलाई समग्रतामा उच्चकोटीको अनुभव प्रदान गर्छौं ।

हामीसँग अत्याधुनिक कोर्स छन् र ती कोर्स उद्योगसँग जोडिएका छन् । हामीहरू उद्योगसँग राम्रोसँग जोडिएका कारण विद्यार्थीले रोजगारदालाई भेट्ने र कुरा गर्ने अवसर पाउँछन् । हामीहरू निरन्तर अघि बढिरहेका छौं अनि कहिल्यै रोकिँदैनौं र यो नै हामीलाई फरक बनाउने मुख्य कारण हो । हामीले सँधै नवप्रवर्तन गरिरहेका हुन्छौं, यथास्थितिमा बसेका हुन्नौं र यो कार्य सँधै जारी रहनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?