+
+

एसी मिलान र युभेन्ट्सले अंक बाँडे, नापोली दोस्रो स्थानमा

अनलाइनखबर अनलाइनखबर
२०७८ माघ १० गते १०:०६

१० माघ, काठमाडौं । इटालियन सिरी ए मा एसी मिलान र युभेन्ट्सले गोलरहित बराबरी खेल्दै अंक बाँडेका छन् ।

एसी मिलान बराबरीमा रोकिएपछि लिग लिडर इन्टर मिलानलाई फाइदा पुगेको छ भने नापोलीले पनि जित हात पार्दै यसको फाइदा लिएको छ ।

सालेर्निटानालाई ४-१ ले पराजित गर्दै नापोली दोस्रो स्थानमा उक्लेको छ । नापोलीका लागि जुयान जेससु, ड्राई मर्टेन्स, अमिर राहमानी र लरेन्जो इनसिग्नेले गोल गरे । सालेर्निटानाका लागि फेडेरिको बोनाजोलीले एक गोल फर्काए ।

एसी मिलान समान अंक भए पनि गोल अन्तरमा नापोली अघि छ । दुवैको २३ खेलबाट समान ४९ अंक छ ।

युभेन्ट्स २३ खेलबाट ४२ अंकसहित पाँचौ स्थानमै छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?