+
+

जापानले दियो १० अर्ब ४७ करोड सहुलियतपूर्ण ऋण

अनलाइनखबर अनलाइनखबर
२०७८ माघ ११ गते १६:५९

११ माघ, काठमाडौं । नेपालको  आर्थिक वृद्धि तथा उत्पादनशीलताका लागि जापान सरकारले १० अर्ब ४७ करोड रुपैयाँ ऋण सहायता उपलब्ध गराएको छ ।

२१ पुसमा बसेको मन्त्रिपरिषद् बैठकले जानपान सरकारले दिने उक्त सहायता स्वीकार गर्ने निर्णय गरेको थियो । मंगलबार अर्थसचिव मधुकुमार मरासिनीले उक्त रकम बराबरको सहुलियतपूर्ण नीतिगत ऋण सहायता सम्बन्धी आदान प्रदान प्रत्रमा हस्ताक्षर गरेका छन् । जापानका तर्फबाट नेपालका लागि जापानी राजदूत किकुता युताकाले हस्ताक्षर गरेका छन् ।

जापानी दूतावासले विज्ञप्ति निकाल्दै यसबारे जानकारी गराएको छ । कोभिड १९ बाट प्रभावित भएको नेपालको अर्थतन्त्रलाई माथि उकास्न सहयोग महत्वपूर्ण सावित हुने विश्वास जापानले लिएको छ ।

जापान सरकार नेपाललाई सबै प्रकारको सहायताका लागि प्रतिवद्ध रहेको समेत दूतावासले उल्लेख गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?