+
+

क्यामरुन स्टेडियममा झडप हुँदा कम्तीमा आठजनाको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०७८ माघ ११ गते १७:५४

११ माघ, काठमाडौं । अफ्रिका नेसन्स कप फुटबल चलिहँदा भएको झडपमा कम्तीमा आठजनाको मृत्यु भएको छ । क्यामरुन स्टेडियमको प्रवेशद्वारबाहिर भएको झडवमा अन्य ३८ जना घाइते भएका छन् । मृत्यु हुनेमा १४ वर्षीय बालकसमेत रहेको बीबीसीले जनाएको छ ।

अफ्रिका नेसन्स कपको अन्तिम १६ मा आयोजक क्यामरुन र कोमोरोसबीचको खेल चलिरहँदा झडप भएको हो । स्टेडियको क्षमता ६० हजार रहेकोमा आयोजकले ८० प्रतिशतमा सीमित गरेको थियो तर समर्थकहरूले जबर्जस्ती प्रवेश गर्न खोज्दा झडप भएको बताइको छ ।

उक्त घटना दुखद भएको बताउँदै क्यामरुनका राष्ट्रपति पाउल बियाले तत्काल अनुसन्धान गर्न निर्देशन दिएका छन् । साथै अफ्रिकी फुटबल महासंघले पनि अनुसन्धान सुरु गरेको समाचारमा उल्लेख छ ।

बाहिर झडप भएको खेलमा क्यामरुन विजयी भएको छ । क्यामरुनले कोमोरोसलाई २-१ ले हराउँदै क्यामरुन अन्तिम आठमा स्थान बनाएको हो । अब क्यामरुनले क्वाटरफाइनलमा गाम्बियासँग प्रतिस्पर्धा गर्नेछ । गाम्बियाले गिनीलाई हराएर क्वाटरफाइनलमा स्थान बनाएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?