+
+

लुम्बिनीमा राष्ट्रिय सभा निर्वाचनको मतदान जारी

अनलाइनखबर अनलाइनखबर
२०७८ माघ १२ गते ९:५५

१२ माघ, दाङ । राष्ट्रिय सभा सदस्य चयन गर्न लुम्बिनी प्रदेशमा मतदान सुरु भएको छ । दाङको घोराहीस्थित कर्मचारी मिलन केन्द्रमा बिहान ९ बजेदेखि मतदान सुरु भएको हो ।

लुम्बिनीका मुख्यमन्त्री कुलप्रसाद केसीले भोट हालेर मतदान सुरु गरिएको हो । पूर्वमुख्यमन्त्री एवं नेकपा एमालेका महासचिव शंकर पोख्ररेलले पनि मतदान गरेका छन् ।

लुम्बिनी प्रदेशमा राष्ट्रिय सभा सदस्यको तीन सिटका लागि निर्वाचन हुँदैछ । सत्ता गठबन्धन र नेकपा एमालेका उमेदवारबीच प्रतिस्पर्धा छ ।

प्रदेशसभा सदस्य र प्रदेशभरका स्थानीय तहका प्रमुख÷उपप्रमुख मतदान केन्द्रमा बिहानबाटै लाइन लागेका थिए ।

मतदानका स्थलमा प्रदेशसभा सदस्य र स्थानीय तहका प्रमुख÷उपप्रमुखका लागि छुट्टाछुट्टै लाइनमा तोकिएको छ । त्यस्तै कोभिड संक्रमणसँग मिल्दोजुल्दो लक्षण भएकालाई छुट्टै लाइनमा राखिएको छ । कोभिड संक्रमणको झोखिमलाई ध्यानमा राख्दै मतदान लाइनमा दुई–दुई मिटरको दुरी तय गरिएको निर्वाचन अधिकृत रितेन्द्र थापाले जानकारी दिए ।

मतदानको समय बिहान ९ बजेदेखि ३ बजेसम्म तोकिएको छ ।

लुुम्बिनी प्रदेशबाट कोमल ओली, दृगनारायण पाण्डे र रामलखन चमारको चार वर्षे कार्यकाल सकिदैछ । तीन रिक्त पदका लागि हुन लागेको निर्वाचनमा सत्ता गठबन्धनबाट नेपाली कांग्रेसबाट खु्ल्ला तर्फ युवराज शर्मा, नेकपा (एकीकृत समाजवादी) बाट महिला तर्फ पाल्पाकी राजेन्द्रलक्ष्मी गैरे र दलित तर्फ जनमोर्चाबाट रुपन्देहीका तुलप्रसाद विश्वकर्माले उम्मेदवारी दिएका छन् ।

त्यस्तै नेकपा एमालेबाट खुल्ला तर्फ दाङका रामदयाल गुप्ता, महिला तर्फ बाँकेकी भारती खनाल र दलित तर्फ गुल्मीका कृष्णबहादुर सुनारले उम्मेदवारी दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?