+
+

राप्ती राजमार्ग आइतबारदेखि दैनिक ७ घण्टा बन्द हुने

अनलाइनखबर अनलाइनखबर
२०७८ माघ १४ गते २१:१२

१४ माघ, दाङ । राप्ती राजमार्ग आइतबारदेखि दैनिक ७ घण्टा बन्द हुने भएको छ ।

राप्ती राजमार्ग अन्तर्गत चोरखोलादेखि कपुरकोटसम्मको सडकलाई फराकिलो गर्न आइतबारदेखि माघ २५ गतेसम्म दैनिक ७ घण्टा सडक बन्द गरिने सडक डिभिजन कार्यालय दाङले जनाएको छ ।

सवारी साधान आवागमन बन्द गरेर सडक विस्तारको काम गरिने कार्यालयका निमित्त प्रमुख इन्जिनियर रिकेश महर्जनले बताए ।

उनका अनुसार आइतबारदेखि दैनिक बिहान ७ देखि ९ बजेसम्म र बिहान ११ बजेदेखि दिउँसो ४ बजेसम्म सवारी आवागमन बन्द गरिनेछ ।

त्यस्तै अत्यावश्यक सवारी सधानका लागि भने पैयाँखोर–कपुरकोट डाइभर्सन सडक प्रयोग गर्न कार्यालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?