+
+

पल-मलिकाको फिल्म : घोषणा मात्र कि बन्छ पनि ?

अनलाइनखबर अनलाइनखबर
२०७८ माघ १६ गते ११:३५
पल शाह र मलिका महत । फाइल तस्वीर

१६ माघ, काठमाडौं । म्युजिक भिडियोमा निक्कै रुचाइएपछि अभिनेता पल शाह र अभिनेत्री मलिका महतलाई लिएर चलचित्र बनाउन निर्माताहरु कस्सिए । पल र मलिकाले पनि म्युजिक भिडियोसँगै चलचित्र पनि साइन गरे ।

तर अहिले उनीहरुले साइन गरेका चलचित्रको चर्चा सेलाएको छ । मेकर पनि चलचित्र बनाउन कुरामा सुस्त देखिएका छन् । पल र मलिकाले केन्द्र मोसन पिक्चर्सको चलचित्रमा काम गर्ने पक्का भएको खबर बाहिरिएको थियो । तर केन्द्र मोसन पिक्चर्स आफैं चलचित्र बनाउने कि नबनाउने भन्ने दोधारमा छ ।

पल र मलिकाले चलचित्र ‘पर्खि बसे २’मा पनि काम गर्ने पक्का भएको खबर बाहिरिएको  थियो । तर यो चलचित्रको काम पनि अगाडि बढ्न सकेको छैन । चलचित्रका निर्देशक सौरभ चौधरी ‘प्रसाद २’को तयारीमा छन् । यसैले उनले ‘पर्खि बसे २’को काम कहिलेबाट शुरु गर्छन् टुंगो छैन ।

चलचित्र ‘सत्यम्’बाट त मलिका बाहिरिसकेकी छन् । राजेश हमाल, पल शाह लगायतका कलाकारले अभिनय गर्न लागेको  यो चलचित्र अब बन्छ कि बन्दैन भन्ने नै टुंगो छैन ।

पल र मलिका भने घोषणा भएका सबै चलचित्र निर्माण हुने बताउँछन् । उनीहरुले सञ्चारकर्मीसँगको कुराकानीमा भने, ‘हो, हामी केही चलचित्रमा काम गर्दैछौं । एकपछि अर्को चलचित्रको काम चाँडै नै शुरु हुन्छ । दर्शकले ठूलो पर्दामा हामीलाई चाँडै नै देख्न पाउनुहुनेछ ।’

म्युजिक भिडियोमा निक्कै व्यस्त मलिकाले नयाँ चलचित्र भने साइन गरेकी छैनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?