+
+

रत्नेचौरको भाइरल रोडमा टिकटक बनाउन निषेध

अनलाइनखबर अनलाइनखबर
२०७८ माघ १६ गते १३:४९
तस्वीर सौजन्य : रासस

१६ माघ, काठमाडौं । टिकटकमा भाइरल भएको म्याग्दीको रत्नेचौरमा टिकटक बनाउन निषेध गरिएको छ । कोरोनाको तेस्रो लहर बढ्दै गएको अवस्थामा टिकटक बनाउने बहानामा धेरै भीड जम्मा हुन थालेपछि शनिबार बसेको डीसीसीएमसीको बैठकले रत्नेचौरको तोरीबारीमा टिकटक बनाउन निषेध गरेको हो ।

म्याग्दीका सहायक प्रमुख जिल्ला अधिकारी अर्जुन शर्माले भीडभाड बढी भएका कारण आइतबारदेखि भाइरल रोडमा टिकटक बनाउन प्रतिबन्ध लगाइएको जानकारी दिए । ‘अहिले त्यहाँ प्रहरी परिचालन गरिएको छ । त्यहाँ टिकटक बनाउने प्रयोजनको लागि रोक्न प्रतिबन्ध लगाइएको छ,’ शर्माले अनलाइनखबरसँग भने ।

जिल्लामा आइतबारदेखि अन्य सेवामा पनि प्रशासनले कडाइ गरेको छ । कोरोना संक्रमित बढ्दैपछि यसअघि जारी गरिएको आदेश १५ गतेसम्मको लागि थियो । जसमा प्रतिबन्ध लगाइएका सेवालाई कार्यान्वयनमा कडाइ गरिएको थिएन । तर आइतबारदेखि पहिले लगाइएको प्रतिबन्धलाई कडाइका साथ कार्यान्वयनमा ल्याइएको शर्माले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?