+
+

के हो डार्क वेब ? कसरी भयो शुरूवात ?

अनलाइनखबर अनलाइनखबर
२०७८ माघ १७ गते १२:४२

१७ माघ, काठमाडौं । इन्टरनेटको आगमनसँगै विश्व एउटा मोबाइल फोनमा खुम्चिएको छ । यसले सूचना प्रणालीलाई गति दिएको छ जसबाट विश्वव्यापीकरणले एक नयाँ आयाम प्राप्त गरेको छ ।

इन्टरनेटकै कारण विश्व अर्थव्यवस्थाको आकार अहिले ८६ ट्रिलियन डलर भन्दा माथि पुगिसकेको छ । यसको आगमनसँगै विभिन्न स्टार्टअप कम्पनीहरुलाई अगाडि बढ्ने मौका मिलिरहेको छ । इन्टरनेटले व्यवसाय, शिक्षा, सञ्चार आदि विभिन्न क्षेत्रमा क्रान्ति नै ल्याइदिएको छ ।

इन्टरनेटकै कारण अहिलेको युगलाई डिजिटल युग भनिन्छ । एकातर्फ इन्टरनेटको आगमनसँगै विश्वलाई अगाडि बढ्ने मौका मिलेको छ भने अर्को तर्फ यसको डरलाग्दो  पक्ष पनि अगाडि आएको छ, जसको नाम हो डार्क वेब । तपाईंमध्ये कतिले डार्क वेबको नाम सुन्नुभएकै होला । आखिर डार्क वेब भनेको के हो र यसको शुरूवात कसरी भएको थियो ?

के हो डार्क वेब ?

डार्क वेब इन्टरनेटको त्यो हिस्सा हो जसलाई सर्च इन्जिनमा सूचीकरण गरिँदैन । विशेषज्ञहरुका अनुसार इन्टरनेटको जुन हिस्सा आम रुपमा हामीले प्रयोग गर्दछौँ त्यो केबल ४ प्रतिशत मात्रै हो ।

आम प्रयोग हुने इन्टरनेटलाई सर्फेस वेब भनिन्छ । इन्टरनेटको आम प्रयोग बाहिरको बाँकी ९६ प्रतिशत हिस्सालाई डीप वेब अर्थात् डार्क वेब भनिन्छ । डार्क वेबमा हामी सामान्य तरिकाबाट प्रवेश गर्न सक्दैनौँ ।

यसका लागि हामीले आफ्नो आइपी एड्रेस परिवर्तन गरेर एक खास ब्राउजरको प्रयोग गर्नुपर्दछ । साथै डार्क वेबमा सर्फिङ गर्नका लागि भिपिएन वा अन्य विभिन्न छद्म टूलहरुको प्रयोग गर्नुपर्ने हुन्छ । डार्क वेबमा यस्ता गतिविधिहरु हुन्छन् जसको बारेमा हामीले कल्पना पनि गर्न सक्दैनौँ ।

Dark Web

वास्तवमा यो इन्टरनेटको कालो संसार नै हो जहाँ मानव तस्करी, लागु औषध तस्करी, सरकारका प्रतिरक्षा गोपनियताहरु ह्याक गर्ने, बालबालिका तस्करी, हतियारको खरीदबिक्रि लगायतका खतरनाक अपराधहरु हुने गर्दछन् ।

डार्क वेबको बजारमा साइनाइड जस्ता विष पनि बिक्रि हुन्छन् । डार्क वेबमा कति वेबसाइट छन् र को मानिसले यसमा के गर्दछ त्यो पत्ता लगाउन गाह्रो हुन्छ । डार्क वेबमा उपस्थित कारोबारीले कसलाई के बिक्रि गर्दछ र कसरी बिक्रि गर्दछ त्यसका बारेमा थाहा पाउन पनि निकै मुस्किल पर्दछ ।

डार्क बेवमा प्रायः भुक्तानीका लागि क्रिप्टोकरेन्सीको प्रयोग हुन्छ जुन ब्लक चेन सेक्योरिटीमा का मगर्दछ । त्यसैले कसले रकम भुक्तान गरिरहेको छ त्यस बारेमा पनि पत्ता लगाउन सकिँदैन । डार्क वेबमा रहेका वेबसाइटहरुको डोमेन नाम पनि निकै सुरक्षित र इनक्रिप्टेड हुन्छन् । यस्ता वेबसाइटको पछाडि .com को साटो .Onion लगाइएको हुन्छ ।

कहिले शुरू भयो डार्क वेब ?

सन् १९९० को दशकमा अमेरिकाले नै डार्कृवेबको सुरुवात गरेको थियो । अमेरिकी सेनाले पूरा विश्वभर रहेका आफ्नो एजेन्टसँग जासूसी जानकारी शेयर गर्नका लागि डार्क वेबको निर्माण गरेको थियो ।

यद्यपि कम मानिस डार्क वेबमा हुनुको कारणले गोप्य सूचनाहरु लिक हुन सक्दथे । त्यसैले अमेरिकाले आम जनताका ालगि पनि डार्क वेब सुरु गरिदियो । डार्क वेबमा धेरै प्रयोगकर्ता भएसँगै त्यहाँका गोप्य सूचनाहरु बाहिरी मानिस कसैले पनि पत्ता लगाउन नसक्ने भयो ।

Dark Web

वास्तवमा डार्क वेब चलाउनु गैरकानूनी र आपराधिक कार्य हो । यो आफ्नै लागि पनि यस अर्थमा जोखिमपूर्ण हुन्छ कि विभिन्न जासूसी एजेन्सीहरुको नजर सदैव डार्क वेबमा रहेको हुन्छ ।

डार्क वेब भिजिट गरेसँगै तपाईंले के के गरिरहनुभएको छ ट्रयाक हुने सम्भावना हुन्छ । साथै तपाईंको कम्प्युटर वा फोनमा भाइरस आक्रमण वा ह्याक हुन सक्दछ । एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?