+
+

गुल्मीमा कोरोनाविरुद्धको बुस्टर डोज लगाउन शुरू

अनलाइनखबर अनलाइनखबर
२०७८ माघ १७ गते १४:३५

१७ माघ,गुल्मी। गुल्मीमा कोरोना विरुद्धको बुस्टर डोज लगाउन शुरू गरिएको छ। बुस्टर डोज प्रमुख जिल्ला अधिकारी पुण्यबिक्रम पौडेलले बुस्टर डोज लगाएर कार्यक्रमको शुभारम्भ गरेका थिए।

बुस्टर डोज पहिलो चरणमा स्वास्थ्यकर्मी, महिला स्वयंसेविका, कर्मचारी, सुरक्षा निकाय, सञ्चारकर्मी लगायत अग्रमोर्चामा रहेर काम गर्ने लक्षित वर्गलाई दिइने भएको छ। त्यसलगत्तै ६२ वर्ष भन्दा माथिकालाई लगाउने लक्ष्य लिइएको छ।

कोरोनाविरुद्धको दुवै खोप लगाएको ६ महिना पूरा भएकाहरुलाई बुस्टर डोज लगाउन थालिएको हो। जिल्लामा हालसम्म १ लाख ३५ हजार ६४६ जनाले कोरोनाविरुद्धको पहिलो मात्राको खोप लगाएका छन्।

त्यस्तै १ लाख २ हजार २९० जनाले दोस्रो मात्राको खोप लगाएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?