+
+

गुल्मी दरबारमा आगलागी हुँदा ६ घरगोठ जले

अनलाइनखबर अनलाइनखबर
२०८१ वैशाख १८ गते ८:३१

१८ वैशाख, गुल्मी । गुल्मीको गुल्मी दरबार गाउँपालिकामा आगलागी हुँदा ३ वटा घर र ३ वटा गोठ जलेर नष्ट भएका छन् । आगलागीमा एउटा मोटरसाइकल जलेर नष्ट भएको प्रहरीले जनाएको छ ।

गुल्मी दरबार गाउँपालिका–५, डाँडापोखरीस्थित खरबारी र जंगलमा लागेको आगोले रविन ढकालको ३ तले घर र २ तले गोठ र आगलागीबाट रिता ढकालको एक तले गोठ पनि जलेर नष्ट भएको प्रहरीले जनाएको छ ।

गुल्मी दरबार गाउँपालिका–७ ढुंगे देउरालीका स्थानीयको खरबारी र जंगलमा लागेको आगो बस्तीमा सल्किँदा पुतली कार्कीको घरलाई पनि आंशिक क्षति पुर्‍याएको छ । प्रहरीका अनुसार कार्कीको घरको एउटा कोठामा क्षति पुगेको छ भने एउटा बाख्रा खोर जलेर पूर्ण रुपमा नष्ट भएको छ ।

त्यस्तै, नरेन्द्र शर्मा ज्ञवालीको घरमा आंशिक क्षति पुगेको छ भने लु ४५ प ३६३ नम्बरको मोटरसाइकल पनि जलेर पूर्ण रुपमा नष्ट भएको छ ।

बजारमारे हर्रा रुखका सुवास खत्रीको गोठ र गोठमा रहेको एउटा भैंसी, ३ वटा बाख्रा जलेर नष्ट भएको प्रहरीले जनाएको छ । सोही ठाउँकै लुरीकुमारी बस्नेतको गोठसँगै एउटा भैंसी पनि जलेको छ ।

प्रहरीका अनुसार लक्ष्मी बस्नेतको २ तले खाली गोठ पनि जलेर पूर्ण रुपमा नष्ट भएको छ । अहिले बस्तीमा लागेको आगो नियन्त्रणमा आए पनि जंगलमा लागेको आगो नियन्त्रणमा आउन नसकेको प्रहरीले जनएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?