+
+

चार दिनभित्र खोपको मौज्दात र खोप लगाएको विवरण पठाउन ‘सर्कुलर’

अनलाइनखबर अनलाइनखबर
२०७८ माघ १७ गते १६:५१

१७ माघ, काठमाडौं । हराएको कोभिड–१९ विरुद्धको २४ लाख डोज खोप खोज्न गठित छानविन समितिले खोपको मौज्दात र खोप लगाएका व्यक्तिहरुको विवरण चार दिनभित्र पठाउन ‘सर्कुलर’ गरेको छ ।

माघ २१ गते अपरान्ह ३–४ बजेभित्रमा खोपको मौज्दात र खोप लगाएका व्यक्तिहरुको विवरण पठाउन सरोकार सबै पक्षलाई छानविन समितिले भनेको हो ।

स्वास्थ्य सचिव डा. रोशन पोखरेलले २४ लाख डोज खोपको कुनै तथ्यांक नभेटिएको बारे संसदीय समितिलाई जानकारी गराएका थिए । स्वास्थ्य सचिव पोखरेलले नै ठूलो मात्रामा खोप हराएको तथ्य सार्वजनिक गरेपछि प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले सरकारको चर्को आलोचना गर्दै आइरहेको थियो । विपक्षीको चर्को आलोना खेप्नुपरेपछि स्वास्थ्य मन्त्री विरोध खतिवडाले आइतबार मात्रै हराएको खोप खोज्नका लागि स्वास्थ्य मन्त्रालयका प्रमुख विशेषज्ञ डा. गुणराज लोहनीको संयोजकत्वमा ५ सदस्यीय छानविन समिति गठन गरेका थिए ।

गठित छानविन समितिको पहिलो बैठकले स्वास्थ्य सेवा विभाग अन्तर्गतको व्यवस्थापन महाशाखा, ७ वटै प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र, ७७ वटै जिल्लाका स्वास्थ्य कार्यालय, ७५३ वटै स्थानीय तहलाई खोपको मौज्दात र खोप लगाएका व्यक्तिहरुको विवरण पठाउन सार्वजनिक सूचना जारी गर्ने निर्णय गरेको हो । विवरण पठाउँदा डीएचएस–२ प्रणाली अनुसार पठाउन भनेको छ ।

हेर्नुहोस् सूचनाः

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?