+
+

बर्दियामा आगो तापिरहेकालाई टिपरले ठक्कर दियो, २ जनाको मृत्यु

मकवानपुरमा टिपरसँग ठोक्किएर जिप चालकको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०७८ माघ १८ गते १०:०८

१८ माघ, काठमाडौं । बर्दियाको बढैयाताल गाँउपालिका–३ सतपतियामा टिपरको ठक्करबाट दुई जनाको मृत्यु भएको छ । तीन जना गम्भिर घाइते भएका छन् ।

हिजो बेलुकी ८ बजे घर अगाडि आगो तापिरहेका ५ जनालाई भे १ क १४९५ नम्बरको टिपरले अनियन्त्रित भई ठक्कर दिएको थियो ।

टिपरको ठक्करबाट स्थानीय ४५ वर्षीय सोम बहादुर विकको घटनास्थलमै र रामु थारुको नेपालगञ्ज नरसिंह होममा उपचारको क्रममा गएराति पौने १० बजे मृत्यु भएको इलाका प्रहरी कार्यालय मैनापोखरले जनाएको छ ।

सोही दुर्घटनामा घाइते भएका ३५ वर्षीया प्रमिला चौधरी, ४० वर्षिया चमेलिया थारु र सुर्खेतको वीरेन्द्रनगर नगरपालिका ११ का १९ वर्षीय लक्ष्मण सुनारको नेपालगञ्जमा उपचार भइरहेको छ । टिपर चालकलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

मकवानपुरमा जिप चालकको मृत्यु

यसैगरी मकवानपुरको हेटौंडा उपमहानगरपालिका–३ लेवटमा जिप र टिपर आपसमा ठोक्किदा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् ।

हिजो बेलुकी पौने ९ बजे को १ क १३२८ नम्बरको टिपरसँग मे १ च ५९९४ नम्बरको जिप ठोक्किंदा जिप चालक काठमाडौं बालाजुका ४० वर्षीय शिव कार्कीको मृत्यु भएको हो । उनको हेटौंडास्थित चुरेहिल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

घाइते भएका जिपमा सवार काठमाडौंकै दिनेश कार्कीको चुरेहिल अस्पतालमै उपचार भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?