+
+

मार्टिनेजको गोलमा अर्जेन्टिना विजयी, लगातार २९ खेलमा अपराजित

अनलाइनखबर अनलाइनखबर
२०७८ माघ १९ गते ९:४१

१९ माघ, काठमाडौं । फिफा विश्वकपको दक्षिण अमेरिकी छनोटमा अर्जेन्टिनाले कोलम्बियालाई १-० ले पराजित गरेको छ ।

लिओनल मेस्सीविना नै छनोट खेलिरहेको अर्जेन्टिनाले पछिल्लो दुई खेलमा लगातार जित हात पारेको हो । यस जितपछि अर्जेन्टिना अन्तर्राष्ट्रिय फुटबलमा लगातार २९ खेलमा अपराजित छ । सन् २०१९ को कोपा अमेरिकामा ब्राजिलसँग पराजित भएपछि अर्जेन्टिना कुनै खेलमा हारेको छैन ।

यसअघि नै कतारमा हुने विश्वकपको टिकट काटिसकेको अर्जेन्टिनाको जितमा खेलको २९औं मिनेटमा लाउटारो मार्टिनेजले निर्णायक गोल गरे ।

छनोटमा पनि अर्जेन्टिना लगातार १५ खेलमा अपराजित छ । अर्जनेटिना १५ खेलबाट ३५ अंक जोडेर दोस्रो स्थानमा छ । कोलम्बियाले भने पछिल्लो ७ खेलमा कुनै गोल गर्न सकेको छैन । कोलम्बिया १६ खेलबाट १७ अंक जोडेर सातौं स्थानमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?