+
+

एनसेलको ‘ननस्टप टाइम प्याक’ अफर सार्वजनिक

अनलाइनखबर अनलाइनखबर
२०७८ माघ १९ गते १४:२२

काठमाडौं । एनसेल आजियाटा लिमिटेडले आफ्ना ग्राहकहरुका लागि ‘ननस्टप टाइम प्याक’ अफर ल्याएको छ । एनसेलका अनुसार ग्राहकहरुले मोबाइल डेटा आवश्यकता पूरा गर्न विभिन्न समय सीमा भएका टाइम प्याकहरू लिन सक्नेछन् । ‘ननस्टप टाइम प्याक’ मा ग्राहकहरुले छोटो समय अर्थात १५ मिनेट र २ घण्टाका लागि डेटा सेवा लिन सक्नेछन् ।

कम्पनीले पहिले नै वान आवर डेटा प्याक अर्थात १ घन्टा समयावधि भएको डेटा प्याक उपलब्ध गराउँदै आएको छ । ग्राहकको आवश्यकता अनुसार सेवा उपलब्ध गराउन थप दुई नयाँ डेटा प्याक ल्याएको कम्पनीले जनाएको छ । अनलाइन गतिविधिका निम्ति निश्चित समयका लागि इन्टरनेटमा सुरक्षित पहुँच चाहिने ग्राहकहरूलाई यी प्याकहरु उत्तम विकल्प हुने विश्वास कम्पनीको छ ।

यस योजनामा ग्राहकले कर सहित रु. १० मा १५ मिनेटको डेटा प्याक पाउँछन् र त्यसैगरी २ घण्टाको डेटा प्याक रु. ३० मा लिन सक्छन् । यी प्याकहरु सुचारु रहेको अवधिमा ग्राहकले १ एमबीपीएसको गतिमा मोवाइल इन्टरनेट सेवा पाउनेछन् ।

ग्राहकले सजिलैसँग एष्ट्रिक्स्१७१२३ह्यास डायल गरी वा एनसेल एप, वेबसाइट वा नजिकैको एनसेल आउटलेटबाट यी डेटा प्याकहरू लिन सक्छन् । यदि ग्राहकले प्याकको समयभन्दा बढी डेटा प्रयोग गरेमा कुनै प्याक पहिले नै सुचारु रहेको खण्डमा उक्त प्याकबाट अतिरिक्त डेटा प्रयोगको शुल्क काटिन्छ र त्यस्ता कुनै प्याक सुचारु नरहेको अवस्थामा पे एज यू गोको दर अनुसार डेटा शुल्क लाग्दछ ।

ननस्टप टाइम प्याकहरूले विशेषगरी अनलाइन मार्फत सञ्चार, सूचना आदानप्रदान र डिजिटल कारोबार जस्ता कार्यहरु गर्नका लागि निश्चित समय मोबाइल डेटा चाहिने ग्राहकहरूलाई सुरक्षित पहुँच सुनिश्चित गर्ने विश्वास एनसेलले लिएको छ । कर सहित रु. २२ पाइने १ घण्टाको डेटा प्याक ग्राहकहरुले पहिला देखि नै मन पराउँदै आएको कम्पनीको भनाइ छ ।

कम्पनीका अनुसार यी टाइम प्याकहरूको समयावधि ग्राहकले प्याक सुचार गरेको समयको आधारमा गणना गरिनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?