+
+

प्राधिकरणका नवनियुक्त महानिर्देशक अधिकारीले सम्हाले कार्यभार

हातेमालो गरेर अघि बढ्ने उपमहानिर्देशकहरुको प्रतिवद्धता

अनलाइनखबर अनलाइनखबर
२०७८ माघ २० गते १५:०३

२० माघ, काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणका नवनियुक्त महानिर्देशक प्रदीप अधिकारीले पदभार ग्रहण गरेका छन् । बिहीबार प्राधिकरणमा आयोजित एक कार्यक्रममा उनले कार्यभार सम्हालेका हुन् ।

सो अवसरमा सबै उपमहानिर्देशकहरुले एकै स्वरमा नयाँ महानिर्देशक अधिकारीसँग हातेमालो गरी काम गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।

प्राधिकरणमा युवा नेतृत्व आएको भन्दै उनीहरुले प्राधिकरणको छवि उज्ज्वल बनाउन सफलताको शुभकामना पनि दिए ।

प्राधिकरणमा ११ औं तहमा रहेका उनलाई सोमबारको मन्त्रिपरिषद् बैठकले महानिर्देशक पदमा नियुक्त गरेको हो । उनी चार वर्षका लागि सरकार प्राधिकरणको महानिर्देशक बनाएको हो ।

कार्यक्रममा उपमहानिर्देशक भोला गुरागाईं, प्रेमनाथ ठाकुर, देवचन्द्र लाल कर्ण, हन्शराज निरौला लगायतले उनलाई सहकार्यको प्रतिवद्धता व्यक्त गरेका हुन् । उनीहरुले गौतमबुद्ध विमानस्थलको सञ्चालन, नयाँ विमानस्थलहरुको निर्माण, सेफ्टी अडिटमा समेत सफलताको शुभकामना दिए ।

कर्मचारी युनियनको तर्फबाट श्रवणकुमार यादवले सबै कर्मचारीले महानिर्देशकलाई साथ दिने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?