२० माघ, काठमाडौं । चर्चित गजल गीत ‘न बिर्सें तिमीलाई न पाए तिमीलाई’ नयाँ भर्सनमा सार्वजनिक गरिएको छ । एक दशकभन्दा अघि अञ्जु पन्तको स्वरमा सार्वजनिक भएको यो गजल त्यसबेला निक्कै चर्चित भएको थियो । यो गजलको मेल भर्सन जगदीश समालको स्वरमा सार्वजनिक भएको थियो ।
दुवै भर्सनमा यो गजल हालसम्म पनि लोकप्रिय छ । अञ्जु पन्तको सांगीतिक करिअरमा यो गजलले थप उचाइ नै दियो ।
सोही चर्चित गजल पछिल्लो पुस्ताकी लोकप्रिय गायिका रचना रिमालको स्वरमा पुनः रेकर्ड गरेर सार्वजनिक गरिएको हो । सफल यो गजललाई विपिन किरणले रचेका हुन् । गजलमा महेश खड्काको संगीत सुन्न सकिन्छ ।
बिहीबार ‘किरण क्रियसन’ नामक युट्युब च्यानलमार्फत सार्वजनिक गजलमा किरण कँडेलको एरेञ्ज छ । बुद्ध थापाले खिचेको नयाँ भर्सनको भिडियोलाई विनोद बमले सम्पादन गरेका छन् ।
अञ्जु पन्तको स्वरमा रहेको ओरिजिनल गजल
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4