+
+
बैंकिङ शिक्षा ५ :

लघुवित्त के हो ? लघुवित्तबाट कसरी लिने बिनाधितो ऋण ?

अनलाइनखबर अनलाइनखबर
२०७८ माघ २४ गते १४:०९

नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुलाई चार वर्गमा विभाजन गरेको छ । जसमध्ये एक हो– लघुवित्त वित्तीय संस्था । ग्रामिण क्षेत्रका विपन्न वर्गहरुको आर्थिक स्तर उकास्ने मूख्य उद्देश्य बोकेका यस्ता संस्थाहरु गाउँ गाउँमा गएर सेवा दिइरहेका हुन्छन् ।

विकट क्षेत्रका गरिबहरुलाई उद्यमी बनाउनका लागि यस्ता संस्थाहरुले बिना धितो ऋण प्रवाह गर्छन । बिना धितो कर्जा भन्ने लघुवित्तको एउटा सिद्धान्त नै हो । राष्ट्र बैंकका अनुसार नेपालमा छोटो समयमा नै गरिबीको दरमा आएको सुधारमा लघुवित्तको समेत योगदान रहेको छ ।

बेरोजगारीको समस्यासँग जुधिरहेका युवाहरुलाई कर्जा प्रदान गरी उद्यमी बनाउनेतर्फ लघुवित्त वित्तीय संस्थाहरु अग्रसर रहेको जाल्पा लघुवित्त वित्तीय संस्थाकी प्रमुख कार्यकारी अधिकृत विमला योगी बताउँछिन् ।

नेपाल लघुवित्त बैंकर्स संघकी कार्यकारी सदस्यसमेत रहेकी सीईओ योगी केही गर्ने सोच भएका तर पैसाको अभावका कारण गर्न नसकेका सर्वसाधारणलाई लघुवित्तले वित्तीय सहयोग प्रदान गरेको बताउँछिन् ।

गरिबीबाट मुक्त हुन सकिएला र भन्ने चिन्तामा रहेका जनतालाई लघुवित्तले आफ्नै व्यवसायको मालिक र रोजगारदाता बनाएको उनको भनाइ छ ।

बैंकिङ शिक्षा १ः

बैंकिङ शिक्षा २ः

बैंकिङ शिक्षा ३ः

बैंकिङ शिक्षा ४ः

बैंकिङ शिक्षा ५ :

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Joint Initiative