+
+

अफ्रिका कपको फाइनल एक दिन पछि सार्न इजिप्टका प्रशिक्षकको आग्रह

अनलाइनखबर अनलाइनखबर
२०७८ माघ २१ गते १०:५८

२१ माघ, काठमाडौं । इजिप्टका सहायक प्रशिक्षक डिया अल सायदले सेनेगलविरुद्ध हुने अफ्रिका कप अफ नेसन्सको फाइनल खेल एक दिन पछि सार्न प्रस्ताव गरेका छन् ।

क्यामरुनमा जारी प्रतियोगिताको फाइनलमा इजिप्ट र सेनेगल भिड्ने पक्का भइसकेको छ । फाइनल खेल आइतबारको लागि तय छ ।

तर प्रशिक्षक सायदले आइतबारको सट्टा सोमबार खेल खेलाउनुपर्ने बताएका छन् । त्यसो हुँदा एक दिन आराम गर्न पाइने उनको तर्क छ ।

सर्वाधिक ७ पटकको विजेता इजिप्टले दोस्रो सेमिफाइनलमा आयोजक क्यामरुनलाई पेनाल्टी सुटआउटमा पराजित गर्दै फाइनलमा स्थान बनाएको हो ।

सेनेगलले भने निर्धारित ९० मिनेटमै बुर्किना फासोलाई ३-१ ले हराएर लगातार दोस्रो पटक फाइनल पुगेको हो ।

‘म काफलाई फाइनल सोमबार खेलाउन भन्छु । सेनेगलका लागि रिकभरीको लागि एक दिन लागि बढी छ,’ इजिप्टका मुख्य प्रशिक्षक कार्लोस क्विरेज रातो कार्ड पाउँदै मैदानबाट बाहिरिएपछि पोष्ट म्याचमा उपस्थित सहायक प्रशिक्षक अल सायदले भने ।

यस्तै क्यामरुन र बुर्किनाफासो बीच आइतबारकै लागि तय भएको तेस्रो स्थानको खेल भने शनिबार खेलाइने भएको छ ।

यसअघि सन् २०१९ मा दुवै सेमिफाइनल एकै दिन खेलाइएको थियो ।

यदि फाइनल खेल सरेमा क्लब ड्युटीमा फर्कने खेलाडीहरुका लागि केही ढिला हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?