+
+

हिउँले सेताम्य चन्द्रागिरि (फोटो फिचर)

अनलाइनखबर अनलाइनखबर
२०७८ माघ २१ गते १२:२२

२१ माघ, काठमाडौं । काठमाडौंको चन्द्रागिरिमा हिमपात भएको छ । चन्द्रागिरिमा हिउँमा खेलेर रमाइलो गर्नेहरूको भीडभाड छ ।

हिउँले चन्द्रागिरिको रिसोर्ट, केबलकार, भालेश्वर मन्दिरलगायत क्षेत्र सेताम्य भएका छन् ।

चन्द्रागिरि डाँडामा हिउँ परेको यो वर्ष दोस्रो पटक हो । यसअघि गत पुस दोस्रो साता हिमपात भएको थियो । त्यतिबेला सयौं युवायुवतीहरू हिउँ खेल्न चन्द्रागिरि गएका थिए । अहिले पनि हिउँ खेल्नेहरूको चन्द्रागिरिमा चहलपहल छ ।

पश्चिमी न्यून चापीय प्रणाली देशभर सक्रिय भएकाले अहिले हिमाली र उच्च पहाडी भेगमा हिमपात भइरहेको छ । अन्य धेरै स्थानमा वर्षा भएको छ । हिमपातका कारण केही स्थानमा राजमार्ग अवरुद्ध भएका छन् ।

यो अवस्था आइतबारदेखि मात्रै सुधार हुने जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

थप तस्वीरहरू : विकास श्रेष्ठ

 

 

 

 

 

 

 

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?