+
+

प्रतिकूल मौसमले हवाई सेवा प्रभावित

अनलाइनखबर अनलाइनखबर
२०७८ माघ २१ गते १३:०९

२१ माघ, काठमाडौं । काठमाडौं आउने रुटमा मौसमका कारण प्रतिकूल समस्या उत्पन्न हुँदा आन्तरिक तथा बाह्य उडान प्रभावित भएको छ । त्रिभुवन विमानस्थल कार्यालयका अनुसार गन्तव्य विमानस्थलभन्दा समस्या ‘इनरुट’मा देखिएको छ ।

जसले गर्दा उडान/अवतरण नै प्रभावित बनेको हो । केही जहाजलाई अवतरणमा समस्या भएका कारण होल्ड गराउनु परेको कार्यालय स्रोतले जनाएको छ ।

बुद्ध एयरका अनुसार गन्तव्य विमानस्थलमा भन्दा शुक्रबार बढी रुटमै मौसमले चुनौती दिएको छ । यसले उडानहरु ढिला हुने र कुनै कुनैमा रद्द हुने समस्या समेत आएको छ ।

विमानस्थल कार्यालयका अनुसार विहान सिमराका लागि निर्धारित उडानहरु रद्द भएका छन् । जनकपुर, भरतपुर तथा पोखराका उडान समेत डिले हुने समस्या छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?