+
+
कविता :

बेलुन

रुकेश मचामसी रुकेश मचामसी
२०७८ माघ २१ गते १३:१८

गाला दुख्नेगरी

घाँटी दुख्नेगरी

अथक मेहेनतपछि

सबसँग मागी मागी

नखाइनखाइ नलाइ

धेरै समय लगाइ

किनेको बेलुनमा कार्बनडाइअक्साइड भरी

बल्ल उडाउने तयारी

खुसीको आँशु गहभरि

पूरा हुन लागेको सपनी

मारी मारी थपडी

सबैका बधाईका धपडी

बेलुन यो गर्दैछ तयारी

क्षितिजको छुन उचाइ

उडाउन तयार खुसी भई

तत्काल आयो कहाँ बात बड्मास हुरी

बदमास हुरी बदनाम हुन फेरि

बदमास हुरी बदनाम गराउन मेरो फेरि

बदमास हुरी देखाउँदै आफ्नो बदमासी

लिएर आएको छ काडाँहरु उडाइ

बचाउन बेलुन यो शरीरले छेकी

अहँ सकिएन छेक्न त्यो काँडाका घोपाइ

फुटाएर गयो ठूलो आवाज निकाली

सपना सम्भाव्यता थियो असली

हुरी त्यो साह्रै रैछ झेली

त्यो भन्दा ईश झन् झेली

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?