+
+

सामुदायिक वनको स्वायत्तता कायम गर्न माग राख्दै प्रदर्शन

अनलाइनखबर अनलाइनखबर
२०७८ माघ २१ गते १४:१७
फाइल तस्वीर

२१ माघ, काठमाडौं । सामुदायिक वन उपभोक्ता महासंघ नेपालले सामुदायिक वनको स्वायत्तता कायम गर्न माग गर्दै विरोध प्रदर्शन गरेको छ । काठमाडौंको बबरमहलस्थित वन परिसरमा सामुदायिक वनको स्वायत्तता कायम गर्न माग गर्दै शुक्रबार महासंघले विरोध प्रदर्शन गरेको हो ।

प्रदर्शनमा महासंघकी केन्द्रीय अध्यक्ष भारती पाठकले समुदायले संरक्षण गरेको स्रोतलाई संघीय सरकारले आफ्नो नियन्त्रणमा लिने ध्येयबाट नियमावलीको प्रस्ताव ल्याएकाले त्यसको विरोधमा आन्दोलन गर्नु परेको बताइन् । उनले सामुदायिक वनको अधिकार कटौती गर्नेगरी तयार गरिएको वन नियमावली २०७८, प्रदेश वन ऐन, संरक्षित वन क्षेत्र विस्तार, तेहेरो कर र वन पैदावारमा लगाइएको प्रतिवन्धको विरुद्धमा आन्दोलन भएको र यो आन्दोलन सबै तहका सरकारले प्रस्ताव फिर्ता लिई संशोधन नगरेसम्म जारी रहने चेतावनी दिइन् ।

अध्यक्ष पाठकले महासंघले आगामी माघ २८ गतेसम्म नियमित विरोध प्रदर्शन गर्ने र सो मितिसम्म पनि सरकारले वन नियमावली ऐन नसच्याए फरक ढंगबाट देशभर आन्दोलन गर्ने बताइन् । उनले सरकारले अपारदर्शी ढंगबाट सामुदायिक वनको प्रयोग सीमित व्यक्तिको स्वार्थपूर्तिका लागि हुनेगरी वन ऐनको प्रस्ताव ल्याएको आरोप समेत लगाइन् ।

प्रदेश र संघीय सरकारले सामुदायिक वनको अधिकारलाई नियन्त्रण गर्ने गरी ल्याइएका ऐनहरु तत्काल खारेज गरी नयाँ ऐन बनाउनु पर्ने उनको माग छ ।

महासंघले वन पैदावर तत्काल खुल्ला गर्न, विदेशी काठलाई रोक्न, स्वदेशी वन पैदावरहरुलाई उपभोग गर्ने वातावरण बनाउन र फेरि पनि संरक्षित क्षेत्र घोषणा गर्न तथा समुदायको अधिकार हनन् नगर्नसमेत सरकारसँग आग्रह गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?