+
+

भारतमा कोरोनाबाट मृत्यु हुनेको संख्या पाँच लाख नाघ्यो

रासस/एएनआई रासस/एएनआई
२०७८ माघ २१ गते १६:३३

२१ माघ, काठमाडौं । भारतमा गत २४ घण्टामा कोरोना भाइरसबाट एक लाख ४९ हजार ३९४ सङ्क्रमित थपिएका केन्द्रीय स्वास्थ्य र परिवार कल्याण मन्त्रालयले शुक्रबार जानकारी दिएको छ ।

सोही अवधिमा थप एक हजार ७२ जनाको कोरोना सङ्क्रमणका कारण मृत्यु भएपछि भारतमा कोरोना सुरु भएदेखि हालसम्म यस रोगबाट ज्यान गुमाउने व्यक्तिको संख्या पाँच लाख नाघेको सो मन्त्रालयले जनाएको छ ।

स्वास्थ्य मन्त्रालयले शुक्रबार दिएको जानकारी अनुसार भारतमा कोरोनाका कारण ज्यान गुमाउने व्यक्तिको सङ्ख्या पाँच लाख ५५ जना पुगेको छ । कोरोना सङ्क्रमणको कारण ज्यान गुमाउने सबभन्दा धेरै महाराष्ट्र राज्यका नागरिक रहेका जनाइएको छ ।

महाराष्ट्रमा कोरोना सङ्क्रमणको कारण एक लाख ४२ हजार ८५९ व्यक्तिको मृत्यु भएको छ । त्यसपछि केरलामा ५६ हजार ७०१, कर्नाटकामा ३९ हजार १९७ , तमिल नाडूमा ३७ हजार ६६६, दिल्लीमा २५ हजार ९३२ र उत्तर प्रदेशमा २३ हजार २७७ जनाको कोरोनाको कारण ज्यान गएको भारतीय सञ्चार माध्यमहरूले जानकारी दिएको छ ।

हाल भारतमा कोभिड-१९ कूल सङ्क्रमितको संख्या चार करोड १९ लाख ५२ हजार ७१२ जना पुगेको जनाइएको छ । ती मध्ये हाल सक्रिय सङ्क्रमितको संख्या १४ लाख ३५ हजार ५६९ रहेका छन् । कूल सङ्क्रमितको ३.४२ प्रतिशत सक्रिय सङ्क्रमित रहेका पनि समाचारमा जनाइएको छ ।

गएको २४ घण्टामा भारतमा दुई लाख ४६ हजार ६७४ जना संक्रमणमुक्त भएका छन् । यसैसँगै कोरोना सुरु भएयता हालसम्म चार करोड १७ हजार ८८ जनालाई कोरोना सङ्क्रमण निको भएको छ । यहाँ कोरोना भाइरस निको हुने दर ९५.३९ प्रतिशत रहेको जनाइएको छ ।

कोरोना सुरु भएदेखि हालसम्म ७३ करोड ५८ लाखभन्दा बढी व्यक्तिको कोरोना परीक्षण भएको छ । हालसम्म एक अर्ब ६८ करोड ४७ लाखभन्दा बढी डोज खोप लगाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?