+
+

वैशाखमा स्थानीय तहको निर्वाचन गर्नुपर्छ : ढकाल

अनलाइनखबर अनलाइनखबर
२०७८ माघ २२ गते १०:५२

२२ माघ, विराटनगर । नेकपा (एमाले)का नेता भानुभक्त ढकालले वैशाखभित्र स्थानीय तहको निर्वाचन गर्नुपर्ने बताएका छन् ।

एमालेका पत्रकारको संगठन प्रेस चौतारीको २४ औं स्थापना दिवसमा मोरङमा आयोजित कार्यक्रममा बोल्दै उनले वैशाखभित्र निर्वाचन गर्नुपर्ने बताएका हुन् ।

स्थानीय तहको निर्वाचित जनप्रतिनिधिको पदावधि जेठ ५ गते सकिने बताउँदै उनले वैशाखभित्र स्थानीय तहको निर्वाचन गर्नुपर्ने बताएका हुन् ।

संविधान र कानुनले स्थानीय तहको रिक्ततालाई व्याख्या नगरेको बताउँदै पदावधि सकिन २ महिनाअघि निर्वाचन गर्नुपर्ने बताए ।

अवधि सकिएको ६ महिनापछि चुनाव गर्नुपर्ने तर्क गलत रहेको उनको भनाइ  छ ।

यसैबीच, प्रेस चौतारीको स्थापना दिवसको अवसरमा मोरङ शाखाले कृष्णप्रसाद सिग्देल स्मृति युवा पत्रकारिता पुरस्कार नेत्र पि अधिकारी र घनश्याम भण्डारीलाई प्रदान गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?