+
+

मोरङको उखुबारी हत्याकाण्डमा जोडिएका थप २ जना पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७८ माघ २२ गते १३:१३

२२ माघ, विराटनगर । मोरङ र ललितपुरमा तीन जनाको हत्या प्रकरणमा जोडिएका थप दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।

राजेन्द्रकुमार श्रेष्ठ, मोहन लिम्बु र सम्भुकुमार चौधरीको हत्यामा संलग्न भएको आरोपमा प्रहरीले थप दुई जनालाई पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी नायव उपरीक्षक दीपक श्रेष्ठका अनुसार मोरङ रङ्गेली-३ आमतोलाका २२ वर्षीय मोहमद सुभाम र सुनसरी देवानगन्ज गाउँपालिका–६ जिरोगौवाका १८ वर्षीय मोहमद हकिम पक्राउ परेका हुन् ।

धनपालथान गाउँपालिका वडा नं-७ स्थित उखुबारीमा हत्या गरेर खाल्डो खनी गाडिएको अवस्थामा यही माघ १२ गते सप्तरीको शम्भुनाथ नगरपालिका-४ का शम्भुकुमार चौधरी र माघ १३ गते धरान-३ स्थायी घर भई हाल भक्तपुर लोकन्थली बस्ने राजेन्द्रकुमार श्रेष्ठको शव भेटिएको थियो । बिहीबार ललितपुरमा मोहन श्रेष्ठको शव फेला परेको थियो ।

कमिसनको चक्करमा तीन जनाको हत्यामा संलग्न  भएको आरोपमा प्रहरीले मुख्ययोजनाकार अनिल मण्डलसहित तीन जनालाई शुक्रबार सार्वजनिक गरेको थियो ।

पत्रकार सम्मेलन गरी सिरहा नगरपालिका-२१ स्थायी घर भई काठमाडौंको बल्खु बस्ने ३१ वर्षीय अनिल मण्डल, मोरङको जहदा गाउँपालिका-४ सिस्वनी घर भएका अमित साह भनिने दिनानाथ सोनार र मोरङको धनपालथान गाउँपालिका-७ कमलपुरका ६२ वर्षीय नासिर आलमलाई सार्वजनिक गरेको थियो । यीमध्ये मण्डल मुख्य आरोपी हुन् । अन्य उनका सहयोगीहरु हुन् ।

कारोबारको रकम एकलौटी बनाउने उद्देश्यले उनका साझेदारहरु राजेन्द्र कुमार श्रेष्ठ, शम्भु कुमार चौधरी र मोहन लिम्बुको हत्या गरेको अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?