+
+

मोरङको उखुबारी घटना पछ्याउँदा थेंचोमा भेटियो तेस्रो शव

गौरव पोखरेल गौरव पोखरेल
२०७८ माघ २० गते २०:३०
ललितपुरको थेंचोमा शव भेटिएको स्थल । इन्सेटमा मृत भेटिएका मोहन लिम्बु । तस्वीर : चन्द्रबहादुर आले/अनलाइनखबर

२० माघ, काठमाडौं । ललितपुरको थेंचोमा खाल्डो खनेर गाडिएको अवस्थामा एक जनाको शव भेटिएको छ ।

गोदावरी नगरपालिका–१२, थेंचोस्थित एउटा घरको पछाडिपट्टि गाडिएको अवस्थामा तेह्रथुमका मोहन लिम्बुको शव भेटिएको हो । करिव ५ फिट गहिरो खाल्डोमा गाडिएको शव गलाउन २५/३० प्याकेट नुन समेत हालेको भेटिएको छ ।

मोरङको धनपालथान गाउँपालिका–२ को उखुबारीमा गत माघ १३ र १४ गते दुई जनाको शव गाडिएको अवस्थामा भेटिएको थियो । सो घटनाको अनुसन्धानका क्रममा अपराध अनुसन्धान महाशाखाले अनिल मण्डललाई पक्राउ गरेको थियो ।

उनको बयानका आधारमा प्रहरीले थेंचोमा प्रमिश थापा मगरको घर पछाडि खोजी गर्दा गाडिएको अवस्थामा लिम्बुको शव फेला परेको एसएसपी बसन्तबहादुर कुँवरले अनलाइनखबरलाई बताए । लिम्बुको घाँटीमा नाइलनको डोरी कसेर हत्या गरेको पाइएको छ ।

गोदावरी नगरपालिका–१२ कि वडासदस्य शोभा कार्कीका अनुसार यो घरमा लामो समय प्रि–प्राइमरी स्कुल थियो ।

तर लकडाउनपछि स्कुलले छाडेको यो घर अनिल मण्डलसहितको समूहले करिव ३ महिनाअघि भाडामा लिएको थियो ।

शव गाडिएको स्थान ।

प्रारम्भिक अनुसन्धानका क्रममा खुलेअनुसार मोरङको धनपालथान गाउँपालिका–२ को उखुबारीमा गाडिएको अवस्थामा शव भेटिएका राजेन्द्रकुमार श्रेष्ठ र शम्भु चौधरीका साथै थेचोमा शव भेटिएका लिम्बुले अनिलसँग मिलेर जग्गा कारोबार गर्दै आएका थिए ।

लेनदेनकै विवादका क्रममा तीन जनाको हत्या भएको हुनसक्ने प्रहरीको आशंका छ । प्रहरीका अनुसार अनिल मण्डल २८ मंसिरसम्म थेंचोमा देखिएका छन् । यहाँ लिम्बुको हत्या गरेर मोरङमा गएको र श्रेष्ठ र चौधरीको हत्या गरेको हुनसक्ने अनुसन्धान अधिकृतहरुको आशंका छ ।

लेखकको बारेमा
गौरव पोखरेल

पोखरेल अनलाइनखबरका लागि राष्ट्रिय सुरक्षा एवं समसामयिक विषयमा रिपोर्टिङ गर्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?