+
+

अफ्रिका कप अफ नेसन्समा आयोजक क्यामरुन तेस्रो

अनलाइनखबर अनलाइनखबर
२०७८ माघ २३ गते ७:५६

२३ माघ, काठमाडौं । बुर्किना फासोलाई पेनाल्टी सुटआउटमा पराजित गर्दै आयोजक क्यमानरुन अफ्रिका कप अफ नेसन्समा तेस्रो भएको छ ।

शनिबार राति भएको खेलमा तीन गोलले पछि परेको अवस्थामा उत्कृष्ट पुनरागमन गर्दै निर्धारित समयमा बराबरी खेलेको क्यामरुनले बुर्किना फासोलाई सुटआउटमा ५-३ ले पराजित गरेको हो ।

कप्तान भिनसेन्ट अबुबाकरले दोस्रो हाफमा मैदान प्रवेश गर्दै अन्तिम ५ मिनेटभित्र दुई गोल गरेपछि क्यामरुनले शानदार कमब्याक गरेको थियो । अबुकारकले ८५औं र ८७औं मिनेटमा गोल गरे । त्यसअघि स्टेफान बाओकेनले ७१औं मिनेटमा गोल गर्दै क्यामरुनलाई खेलमा फर्काएका थिए ।

बुर्किना फासोले भने तीन गोलको अग्रता कायम राख्न सकेन । उसका लागि खेलको २४औं मिनेटमा स्टिभ यागोले गोल गर्दै अग्रता दिलाएका थिए । यस्तै ४३औं मिनेटमा क्यामरुनका गोलकिपर आन्द्रेल ओनानाले आत्मघाती गोल गरेपछि बुर्किना फासोले अग्रता दोब्बर बनायो । ४९औं मिनेटमा डिबिली आउटाराले गोल गर्दै बुर्किना फासोले ३-० को अग्रता दिलाए तर कायम राख्न सकेन ।

निर्धारित ९० मिनेटको खेल ३-३ को बराबरी भएपछि अतिरिक्त समय थप भएन र खेल सिधै पेनाल्टी सुटआउटमा पुगेको थियो । जहाँ क्यामरुनका लागि भिनसेन्ट अबुबाकर, निकोलस माउमी एनगामालेउ, कार्ल टोको एकाम्पी, पिएरे कुन्डे र अम्ब्रोइस ओयोङ्गोले गोल गरे ।

बुर्किना फासोका लागि इसा काबोरे, सोउमाइला आउटारा र स्टिभ योगोले गोल गरे । इब्राहिम बाल्टी टोरेले भने गोल गर्न सकेनन् ।

अफ्रिका कप को उपाधिका लागि आइतबार इजिप्ट र सेनेगलबीच प्रतिस्पर्धा हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?