+
+

सिंहदरबार नजिक कालो बेलुन उडाएर विरोध, तीनजना पक्राउ

चन्द्रबहादुर आले चन्द्रबहादुर आले
२०७८ माघ २३ गते १३:१५

२३ माघ, काठमाडौं। पेट्रोलियम पदार्थको मूल्य वृद्धि फिर्ता लिन र तत्काल स्थानीय तहको निर्वाचनको मिति घोषणा गर्न सरकारलाई दवाव दिँदै आएको प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)मा आवद्ध राष्ट्रिय युवा संघ नेपालले आईतबार पनि विरोध प्रर्दशन गरेको छ ।

कालो बेलुन सिंहदरवार छेउमा उडाएर राष्ट्रिय युवा संघ नेपालले सरकारलाई पेट्रालियम पदार्थमा गरिएको मूल्य वृद्धि फिर्ता गर्न र स्थानीय तह निर्वाचनको मिति तत्काल घोषणा गर्न सरकारलाई दवाब दिएको हो ।

संविधान विपरित स्थानीय तहलाई रिक्त बनाउने नियतका साथ सरकारले स्थानीय तहको निर्वाचनको मिति समेत घोषणा नगरेपछि त्यसको विरोधस्वरुप आइतबार कालो बेलुन सिंहदरबार भित्र पुग्ने गरी उडाउने काम गर्नु परेको संघका निवर्तमान महासचिव रमेश आचार्यले जानकारी दिए ।

उनले संविधानको रक्षा गर्न र लोकतन्त्रको सुदृढिकरणका लागि पनि स्थानीय तहको निर्वाचनको मिति तत्काल घोषणा गर्न सरकारलाई दवाव दिने कामलाई तीव्रता दिइएको बताए ।

निवर्तमान महासचिव आचार्यले भने, ‘२०७९ साल जेष्ठ ५ गते स्थानीय तह जनप्रतिनिधिविहीन बन्दैछ । जेष्ठ अवधि सकिदैछ । तर यो सरकारले अहिलेसम्म स्थानीय तहको निर्वाचन घोषणा गर्ने सुरसार गरेको छैन । यो स्थानीय तहलाई रिक्त बनाउन खोज्नु भनेको संविधानलाई कुल्चनु हो । संविधानलाई च्यात्नु हो । लोकतन्त्रलाई धुजाधुजा बनाउनु हो । त्यसकारण संविधानको रक्षाका लागि, लोकतन्त्रको सुदृढिकरणका लागि हामीले स्थानीय तहको निर्वाचनको मिति तत्काल घोषणा गर्नुपर्‍यो भनेर आज कालो बेलुन उडाएका छौं ।’

प्रर्दशनका क्रममा युवा संघका तीनजना कार्यकर्तालाई सिंहदरवार क्षत्रेबाट प्रहरीले पक्राउ गरेको छ ।

युवा संघ, नेपालले स्थानीय तहको निर्वाचनको मिति घोषणा गर्न र पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धि फिर्ता लिन सरकारलाई दवाव दिने भन्दै मन्त्रीहरुलाई कालो झण्डा देखाउनेलगायतका सडक प्रर्दशनको कामलाई निरन्तरता दिँदै आएको छ ।

 

लेखकको बारेमा
चन्द्रबहादुर आले

आले अनलाइनखबरका फोटोपत्रकार हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?