+
+

राजस्व छलीको आरोपमा १२ जनाविरुद्ध मुद्दा

अनलाइनखबर अनलाइनखबर
२०७८ माघ २३ गते १६:५०

२३ माघ, काठमाडौं । राजस्व अनुसन्धान विभागले लत्ताकपडा लगायतका माल वस्तु आयातमा राजस्व छली गरेको आरोपमा १२ जना विरुद्ध मुद्दा दायर गरेको छ । वीरगञ्ज र भैरहवा नाका भएर गरिएको आयातमा राजस्व छली गरेको आरोप लगाउँदै विभागले १० जना नेपाली र दुई जना भारतीय नागरिकविरुद्ध उच्च अदालत बुटवल र हेटौंंडामा मुद्दा दायर गरेको हो ।

रुपन्देहीस्थित बुटवल नगरपालिका–६ घर भएका न्यू कालिका सप्लायर्स बुटवलका सञ्चालक राजेन्द्र शर्मा, ओजहुलकुमार मुसलमान र रुपन्देही सिद्धार्थ नगरपालिकाका सहाबुद्धिन आलमविरुद्ध मुद्दा दायर गरिएका विभागले जनाएको छ । शर्मा र ओजहुलविरुद्ध १ करोड ७२ लाख ६ हजार रुपैयाँ र सहाबुद्धिनविरुद्ध १२ लाख ८४ हजार ८ सय ५७ रुपैयाँ बिगो मागदावी गरिएको छ ।

भारत बिहार राज्य मोतिहारी घर भई हाल बुटवल उपमहानगरपालिका-५ बस्ने आर्यन अक्षत स्टोर्सका सञ्चालक रञ्जीतकुमार जैसवाल र उनकी श्रीमती मनिषा जैसवालविरुद्ध पनि विभागले मुद्दा दायर गरेको छ । जैसवालले सञ्चालन गरेको आर्यन अक्षत स्टोर्समा भन्सार छलीका सामान ठूलो मात्रामा पाइएको विभागले जनाएको छ । स्टोर्सको बिलबिजक जाँच गर्दा बिल बिजक जारी नगरी इस्टिमेट बिलबाट खरिद बिक्री गर्ने गरेको पाइएको थियो । दुवै भारतीय नागरिकलाई ९२ लाख ४६ हजार रुपैयाँ बिगो कायम गरेको छ ।

यस्तै विभागले वीरगञ्जबाट ट्रकमा लुकाई छिपाई तयारी कपडा आयात गरेको आरोपमा थप सात जनाविरुद्ध हेटौंडा उच्च अदालतमा मुद्दा दायर गरेको छ ।

प्लास्टिकको दाना बोकेको ट्रकमा लुकाएर ल्याइएको ३१ पोका कपडासहित उनीहरु पक्राउ परेका थिए । मकवानपुरका विशाल राई, सिन्धुलीका मुकुन्दप्रसाद काफ्ले, पर्साका इन्तयाजुल हक मंसुरी, इन्ताज मंसुरी र रुपेश तिवारीविरुद्ध मुद्दा दायार गरिएको विभागले जनाएको छ ।

यस्तै धादिङका सन्तोषी नेपाली र ठेगाना नखुलेका देवलाल कुशवाहाविरुद्ध पनि सोही ओरोपमा मुद्दा दायर गरिएको छ । सबै प्रतिवादीविरुद्ध जनही विगो ५८ लाख ७९ हजार ७४६ रुपैयाँ कायम गरिएको विभागले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?