
काठमाडौं । नेपाल खेलकुद महासंघ (नेकोस) ले एसियन सेन्ट्रल जोन भलिबल प्रतियोगिताकाे विजेता नेपाली महिला भलिबल टिमलाई नगद सहित सम्मान गर्ने भएको छ ।
अन्तर्राष्ट्रिय खेलकुद प्रतियोगितामा सहभागी भई पदक प्राप्त गर्ने खेलाडी तथा टिमलाई प्रोत्साहन गर्ने नीति अनुरुप नेकोसले च्याम्पियन महिला भलिबल टिमलाई फागुन ७ नगदसहित सम्मान गर्ने जनाएको छ ।
काठमाडौंमा आइतबार सम्पन्न नेकोसको सातौं केन्द्रीय पदाधिकारी बैठकले उक्त निर्णय गरेको हो । गत पुस १३ गते बंगलादेशको ढाकामा सम्पन्न सेन्ट्रल जोन महिला भलिबल च्यालेन्ज कपको फाइनलमा नेपालले उज्वेकिस्तानलाई हराएर उपाधि जितेको हो ।
साथै, अफ्रिकन मुलुक मरिसससँग भएको दुईवटै मैत्रिपूर्ण फुटबलमा विजयी टिम र ब्याडमिन्टन खेलको विश्व वरियतामा जुनियरतर्फ शीर्षस्थान हासिल गर्न सफल प्रिन्स दाहाललाई हार्दिक बधाईसमेत दिएको छ । यसैगरी नवौं राष्ट्रिय खेलकुद आयोजनाको मिति तत्काल घोषणा गर्न पनि महासंघको माग छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित
प्रतिक्रिया 4