+
+

सरकारले फाप्ला मैदानका लागि ३८ बिघा जग्गा उपलब्ध गराउने

अनलाइनखबर अनलाइनखबर
२०७८ माघ २५ गते ६:५७

२५ माघ, काठमाडौं । सरकारले धनगढीको फाप्लामा अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणका लागि जग्गा उपलब्ध गराएको छ ।

मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले फाप्ला अन्तर्राष्ट्रिय रंगशाला र खेल ग्रामका लागि ३८ बिघा जग्गा उपलब्ध गराउने निर्णय गरेको हो ।

फाप्ला अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला र खेल ग्राम निर्माण अभियान (ड्रिम फाप्ला) का अभियन्ता सुवास शाहीले रंगशाला निर्माणका लागि सरकारले ३८ बिघा जग्गा उपलब्ध गराएको जनाएका छन् ।

‘नेपाल सरकार मन्त्रिपरिषद्को बैठकले ‘फाप्ला अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला र खेल ग्राम’लाई राष्ट्रिय प्राथमिकता प्राप्त आयोजनामा समावेश गर्दै साढे ३८ विघा जग्गा उपलब्ध गराएकोमा अत्यन्त हर्षानुभूति भएको छ । यस महागौरवको योजनालाई कार्यान्वयन गर्न उच्चस्तरीय विकास समिति निर्माण गरेकोमा अत्यन्त गौरवान्वित र हर्षित छौं’, सरकारको निर्णयपछि शाहीले आफ्नो सामाजिक सञ्जालमा लेखेका छन् ।

झण्डै एक दशकदेखि फाप्ला मैदानलाई अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला बनाउने अभियानमा शाही लागेका थिए ।

सन् २०१५ मा ड्रिम फाप्ला (फाप्ला अन्तर्राष्ट्रिय क्रिकेट मैदान निर्माण अभियान) अभियान सुरु भएको थियो । जसमा ७० हजार दर्शक क्षमताको अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला परिकल्पना गरिएको थियो ।

धनगढी प्रिमियर लिगको आयोजक धनगढी क्रिकेट एकेडेमीका अध्यक्षसमेत रहेका सुवास शाहीले यस अभियानलाई सफल पार्न लागिपर्ने सबैलाई धन्यवाद व्यक्त गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?