+
+

शाहरुख र आलियाको ‘डार्लिङ’लाई नेटफ्लिक्सले ८० करोडमा किन्यो

अनलाइनखबर अनलाइनखबर
२०७८ माघ २५ गते १७:००

२५ माघ, काठमाडौं । बलिउड अभिनेता शाहरुख खान र अभिनेत्री आलिया भट्टले निर्माण गरेको चलचित्र ‘डार्लिङ’को डिजिटल राइट्स ८० करोडमा बिक्री भएको छ । यो चलचित्रलाई नेटफ्लिक्सले खरिद गरेको हो ।

जसमित रीनले निर्देशन गरेको ‘डार्लिङ’मा शाहरुख खान, आलिया भट्ट, विजय शर्मा, शेफी शाह मुख्य भूमिकामा छन् ।

शाहरुख र आलियाले यसअघि ‘डियर जिन्दगी’मा सँगै काम गरेका थिए । चलचित्र ‘डार्लिङ’बाट नै आलियाले निर्माणमा हात हालेकी हुन् ।

बलिउडमा पछिल्लो समय चलचित्र सोझै ओटीटीमा रिलिज भइरहेका छन् । जसकारण निर्माताले पनि कुनै तनावविना नै मुनाफा कमाइ रहेका छन् । तर, ठूला बजेटका चलचित्रले भने हलमै रिलिज गरिरहेका छन् ।

भारतमा अहिलेसम्म सबैभन्दा महंगो रकममा डिजिटल प्लेटफर्ममा रिलिज भएको चलचित्र ‘आरआरआर’ हो । यो चलचित्रको स्याटेलाइट राइट्स ३२५ करोड भारुमा बिक्री गरिएको हो । एसएस राजमौलीको निर्देशनमा तयार भएको यो चलचित्रको सम्पूर्ण भाषाको स्याटेलाइट्स राइट्स बिक्री गरिएको हो ।

यस्तै, ‘केजीएफ २’को अडियो राइट्स ७० करोड भारुमा बिक्री भएको छ । शाहरुख खानको मुख्य भूमिका रहेको चलचित्र ‘पठान’ र सलमान खानको मुख्य भूमिका रहेको चलचित्र ‘टाइगर ३’को ओटीटी राइट्स २२ सय करोडमा बिक्री गरिएको छ । यी दुवै चलचित्र हलमा रिलिज भएको केही सातापछि ओटीटीमा रिलिज हुनेछन् । यी दुवै चलचित्रलाई अमेजन प्राइमले खरिद गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?