+
+

राजश्व विभागले विइङ ह्युम्यानका सञ्चालकलाई धरौटीमा छाड्यो, औषधि विभागले समात्यो

अनलाइनखबर अनलाइनखबर
२०७८ माघ २५ गते १७:१५

२५ माघ, काठमाडौं । बलिउड अभिनेता सलमान खानको फाउन्डेसनले चलाएको क्लोथिङ स्टोर बिइङ ह्युम्यानको आवरणमा अवैध गतिविधिमा संलग्न भएको अभियोग लागेका सन्तोषचन्द्र बख्रेललाई धरौटीमा छाड्न आदेश भएको छ ।

राजश्व अनुसन्धान विभागले बख्रेललाई १ करोड ६५ लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको हो ।

विभागले उनीसँगै पक्राउ परेका रविन पाख्रिनलाई १ करोड ३८ लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको छ । शैलेश पन्त र नारायणप्रसाद घिमिरेलाई चाहिँ ६ लाख रुपैयाँ धरौटी मागिएको छ ।

महानगरीय अपराध अनुसन्धान महाशाखा, बानेश्वरले चार जनालाई राजश्व छलिको मदिरासहित काठमाडौंका विभिन्न स्थानबाट उनीहरुलाई १४ माघमा पक्राउ गरेको थियो । पछि बख्रेलको गोदाममा छापा मारेर प्रहरीले अवैध सुर्तीजन्य पदार्थ र कस्मेटिक सामग्रीहरु बरामद गरेको थियो ।

महाशाखाका एसएसपी वसन्तबहादुर कुँवरका अनुसार विभागले धरौटीमा छाड्न आदेश दिएसँगै चारै जनालाई थुनामुक्त गरिएको छ । तर बख्रेलको हकमा औषधि व्यवस्था विभागमा पनि अर्को मुद्दा भएकाले त्यता बुझाइएको छ ।

‘लागूऔषध नियन्त्रण ब्यूरोसँग संयुक्तरुपमा चलाइएको अपरेशनमा प्रतिबन्धित औषधि पनि बरामद भएको थियो’ कुँवरले अनलाइनखबरसँग भने, ‘त्यसैले आवश्यक कानूनी प्रक्रियाका लागि विभाग पठाएका थियौं ।’ विभागले बख्रेलविरुद्ध ५ दिन म्याद लिएर अनुसन्धान गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?