+
+

रौतहटमा गहुँबारीमा महिलाको शव भेटियो

गौतम श्रेष्ठ गौतम श्रेष्ठ
२०७८ माघ २६ गते १३:४६

२६ माघ, रौतहट । रौतहटमा एक महिलाको शव गहुँबारीमा फेला परेको छ । रौतहटको ईशनाथ नगरपालिकामा एक विवाहीत महिलाको शव फेला परेको हो ।

ईशनाथ नगरपालिका–९ की १९ वर्षीया चाँदनी खातुनको शव फेला परेको रौतहटका प्रहरी उपरीक्षक विनोद घिमिरेले जानकारी दिए । महिलाको शव मुखमा कपडा कोचेको अवस्थामा लौतना र मठियाको बीचमा पर्ने ईशनाथ–४ स्थित गहुँबारीमा फेला परेको उनको भनाइ छ ।

प्रहरीका अनुसार उनको चार वर्षअघि ईशनाथ नगरपालिका–७ का एक युवकसँग विवाह भएको थियो । विवाह भएपनि उनी माइतीमै बस्दै आएकी थिइन् । ‘उनका श्रीमानले नै फोन गरेर बोलाएपछि चाँदनी राति घरबाट निस्किएकी रहीछन्’ प्रहरी उपरिक्षक घिमिरेले भने, ‘शवलाई पोष्टमार्टम पछि हत्याको बारेमा थप कुरा खुल्ने छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?