+
+

सहन्यायाधिवक्ता थापाविरुद्ध ६१ लाख भ्रष्टाचारको मुद्दा

अनलाइनखबर अनलाइनखबर
२०७८ माघ २६ गते १६:४२

२६ माघ, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सहन्यायाधिवक्ता सुरेन्द्रबहादुर थापाविरुद्ध गैरकानुनी सम्पत्ति आर्जनको अभियोगमा भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

उच्च सरकारी वकिलको कार्यालय, पोखरामा हुँदा घुससहित रंगेहात पक्राउ परेका थापाविरुद्ध अख्तियारले ६१ लाख २ हजार रुपैयाँ गैरकानूनी रुपमा आर्जन गरेको आरोपसहित मुद्दा दायर गरेको हो ।

५ असार २०४५ मा सरकारी सेवामा प्रवेश गरेका थापाको गत वर्षसम्म एक करोड ७६ लाख रुपैयाँ मात्रै वैध आर्जन हुनेमा सम्पत्ति छानविन गर्दा दुई करोड ३७ लाख रुपैंया आर्जन गरेको भेटिएको अख्तियारको भनाइ छ । ६१ लाख रुपैयाँको स्रोत नखुलेको भन्दै अख्तियारले थापामाथि मुद्दा चलाएको हो ।

अख्तियारले सरकारी वकिलमाथि गैरकानूनी सम्पत्तिआर्जनको मुद्दा चलाएको यो दुर्लभ घटना हो । ‘एक त उनी रंगेहात घुस सहित पक्राउ परेका थिए’ अख्तियार स्रोतले भन्यो, ‘अर्कोतर्फ उनले गैरकानूनी सम्पत्ति आर्जन गरेको भेटिएकाले आयोगले कठोर निर्णय गरेर मुद्दा दायर गरेको हो ।’ अख्तियारले उनकी पत्नी अञ्जु खड्का थापा विरुद्ध पनि मुद्दा चलाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?