+
+

म्यानचेष्टर सिटीलाई १२ अंकको अग्रता

अनलाइनखबर अनलाइनखबर
२०७८ माघ २७ गते ८:३५

२७ माघ, काठमाडौं । प्रिमियर लिगको शीर्ष स्थानमा रहेको म्यानचेस्टर सिटीले ब्रेन्टफोर्ड्लाई २-० ले पराजित गरेको छ । यस जितपछि सिटीले १२ अंकको आरामदायी अग्रता समेत बनाएको छ ।

घरेलु मैदान एतिहाड स्टेडियममा भएको खेलमा सिटीका लागि रियाद माहरेज र केभिन डि ब्रुएनाले गोल गरे ।

खेलको ४०औं मिनेटमा माहरेजले गोल गर्दै सिटीलाई अग्रता दिलाएका थिए । म्याड्स रोएरस्लभले रहिम स्टरलिङलाई फाउल गरेपछि सिटीले पेनाल्टी पाएको थियो र त्यसमा माहरेजले गोल गरे । ६९औं मिनेटमा ब्रुएनाले सिटीका लागि दोस्रो गोल गरे ।

सिटीले यस जितपछि २४ खेलबाट ६० अंक जोड्दै दोस्रो स्थानको लिभरपुलमाथि १२ अंकको अग्रता बनाएको छ । दुई खेल कम खेलेको लिभरपुलको ४८ अंक  छ ।

ब्रेन्टफोर्ड २३ अंकसहित १४औं स्थानमा रहेको छ ।

प्रिमियर लिगकै अन्य खेलमा टोटनहम हट्सपर साउथह्याम्पटनसँग ३-२ ले पराजित हुँदा एस्टन भिल्ला र लिड्स युनाइटेडले ३-३ को बराबरी खेलेको छ । यस्तै नर्विच र क्रिस्टल प्यालेसले १-१ को बराबरी खेले ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?