+
+

‘न बिर्सें तिमीलाई’को ‘रचना भर्सन’मा उल्लेख गरियो अञ्जु र जगदीशको नाम

अनलाइनखबर अनलाइनखबर
२०७८ माघ २७ गते ११:२५

२७ माघ, काठमाडौं । गीतकार विपिन किरणले गजल ‘न बिर्सें तिमीलाई’को रचना भर्सनको भिडियोको विवरणमा गायिका अञ्जु पन्त र गायक जगदीश समालको नाम उल्लेख गरेका छन् । चर्चित गीत ‘न बिर्सें तिमीलाई’केही दिनअघि रचना रिमालको स्वरमा नयाँ भर्सन सार्वजनिक गरिएको थियो । गीत सार्वजनिक भएसँगै गायिका अञ्जु पन्त र गायक जगदीश समालको नाम उल्लेख नभएकोमा चर्को आलोचना भइरहेको थियो ।

भिडियोको विवरणमा थपिएको छ, ‘२०६४ सालमा रञ्जना म्युजिक इन्डष्ट्रिजबाट बजारमा आएको गीतकार विपिन किरणको गीति एल्बम ‘किरण’भित्र समावेश यो गजल हामीले रि-रेकर्ड गरेर लिएर आएका छौं । उक्त समयमा अञ्जु पन्त र जगदीश समालले गाउनुभएको यो गजलको लिंक समेत यही समावेश गरेका छौं ।’

गीतकार विपिनले आफ्नो एल्बममा समावेश गीतको अभिलेख राख्ने क्रममा कानुनतः रि-रेकडिङ्ग गरेको गीतको राख्नु नपर्ने भन्ने भएकाले नराखिएको बताएका छन् । विवरण थप गरेपछि उनले फेसबुकमा लेखेका छन्, ‘अन्यथा मेरै रचना, मेरै एल्बम अनि आफूले दुःख साथ प्रमोसन गरेर यो उचाइमा पुर्‍याएका ती गजलहरुको विवरण नराख्ने भन्ने सवाल नै हुँदैन । जुन विषयमा यहाँहरुको चासोलाई सम्बोधन गर्दै सो कुरालाई हामीले गीतको विवरणमा समावेश गरिसकेका छौं ।’

अञ्जुको स्वरमा सार्वजनिक ‘नबिर्सें तिमीलाई’ इतिहासको सर्वाधिक चर्चित गजल गीत मानिन्छ । अञ्जुपछि पुरुष भर्सनमा जगदीश समालले ‘नबिर्सें तिमीलाई’ गाएका थिए । दुवैको स्वरमा रहेका गजललाई श्रोता-दर्शकले निकै रुचाएका थिए । गीतकार विपिनले यो गजललाई किड्स भर्सन, मेल भर्सन साथै विभिन्न भाषामा अनुवाद गरेर समेत सार्वजनिक गर्ने तयारी रहेको बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?