+
+

‘गहराइयाँ’मा बोल्ड दृश्य दिन दीपिकाले रणवीरसँग अनुमति लिएकी थिइन् ?

अनलाइनखबर अनलाइनखबर
२०७८ माघ २७ गते १२:१०
चलचित्र 'गहराइयाँ'को एक दृश्यमा दीपिका पादुकोण र सिद्धान्त चतुर्वेदी

२७ माघ, काठमाडौं । बलिउड अभिनेत्री दीपिका पादुकोण आफ्नो नयाँ चलचित्र ‘गहराइयाँ’को प्रचारप्रसारमा व्यस्त छिन् । यो चलचित्र बिहीबारबाट अमेजन प्राइममा प्रिमियिर हुँदैछ । चलचित्रमा दीपिकाले करिअरकै सबैभन्दा बोल्ड दृश्य दिएकी छन् । चलचित्रमा उनका थुप्रै चुम्बन र बेड सिनका दृश्यहरु हेर्न सकिन्छ ।

दीपिकाले आखिर यो चलचित्रमा बोल्ड दृश्य दिनका लागि उनका श्रीमान् एवं अभिनेता रणवीर सिंहसँग अनुमति लिइन् कि लिइनन् होला ? अहिले आमदर्शकले यो विषयमा पनि चासो राखेका छन् ।

भारतीय सञ्चारमाध्यमसँग कुरा गर्दै दीपिकाले यो कुरालाई अस्वीकार गरेकी छन् । दीपिकाले भनिन्, ‘यदि हामी यो कुरामा प्रतिक्रिया मात्र पनि दिइरहेका छौं भने त्यो बेबकूफी काम हो । यो हामी सबैका लागि महत्वपूर्ण कुरा हो । म कसैको पनि प्रतिक्रिया पढ्दिनँ । मलाई लाग्छ कि रणवीर पनि प्रतिक्रिया पढ्दैनन् । रणवीरलाई मप्रति गर्व छ । उनलाई हामीले बनाएको यो चलचित्रप्रति गर्व लागेको छ । उनलाई मेरो अभिनयप्रति पनि गर्व छ ।’

रोमान्टिक कथामा बनेको यो चलचित्रमा दीपिका, सिद्धान्त चर्तुवेदी, अनन्या पाण्डे, धैर्य करवा, रजत कपूर, नसीरुद्दिन शाहको मुख्य भूमिका छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?