+
+

काठमाडौंमा फेरि एमालेले चुनाव जित्छ : मेयर शाक्य

अनलाइनखबर अनलाइनखबर
२०७८ माघ २७ गते १५:०१

२७ माघ, काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले आगामी स्थानीय तह निर्वाचनमा पनि काठमाडौंमा नेकपा एमाले विजयी हुने दाबी गरेका छन् ।

बिहीबार काठमाडौं महानगरपालिका-२१ गोफल टोलस्थित श्रीधर नारायण परिसरको फल्चा र पार्कको शिलान्यासमा बोल्दै उनले पार्टीले जसलाई उम्मेदवार बनाए पनि निर्वाचन जित्ने गरी तयारी अवस्थामा रहेको बताए ।

‘आगामी निर्वाचनको लागि अहिले नै उम्मेदवारी दिन्छु भनेर त नभनौँ । म एउटा पार्टीको कार्यकर्ता हो । पार्टीले आवश्यकताअनुसार कुन जिम्मेवारी दिने हो, त्यो पार्टीले निर्णय गर्ने कुरा हो । अर्को भनेको महानगरवासीको चाहना के छ ? त्यो बुझेर पार्टीले जिम्मा दिए काम गर्ने हो, होइन भने पार्टीले जसलाई जिम्मा दिएपनि काठमाडौं महानगरपालिका हामी जित्ने गरेर तयारी अवस्थामा छौं’ उनले भने ।

मेयर शाक्य २०७४ सालको स्थानीय तह निर्वाचनमा नेकपा एमालेका तर्फबाट निर्वाचित भएका थिए ।

मेयर शाक्यले महानगरपालिका ऐतिहासिक, सांस्कृतिक सम्पदालाई संरक्षण, संवर्द्धन र पर्यटनसँग जोड्ने काम महानगरको भएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?