+
+

गण्डकी प्रदेशभर अब रगत निःशुल्क

अनलाइनखबर अनलाइनखबर
२०७८ माघ २८ गते ७:४०

२८ माघ, पोखरा । गण्डकी प्रदेश सरकारले रगतका लागि अब रकम तिर्नु नपर्ने जनाएको छ ।

रगत खरिदबिक्री नहुने भए पनि परीक्षण र अन्य खर्चका लागि ७ सयदेखि १ हजार रुपैयाँसम्म लाग्ने गरेकामा अब त्यसको खर्च सरकारले नै व्यहोरिदिने  गण्डकी प्रदेश सरकारका प्रवक्ता कुमार खड्काले बताए ।

फागुन १ गतेदेखि प्रदेशभित्रका सबै सरकारी तथा निजी अस्पतालमा रगत निःशुल्क पाइने प्रवक्ता खड्काको भनाइ छ ।

रगत निःशुल्क गर्ने कार्यका लागि नेपाल रेडक्रस सोसाइटीसँग अब सम्झौता हुनेछ । सम्झौतापछि सरकारको निर्णय कार्यान्वयन हुनेछ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले तयार पारेको रगत तथा रगतजन्य सेवा निःशुल्क व्यवस्थापन कार्यविधि, २०७८’ गत सोमबारको मन्त्रिपरिषदबाट पारित भएको थियो ।

कार्यविधिमा रगत तथा रगतजन्य सेवा प्रदान गर्ने संस्थाले अस्पतालमा उपचाररत व्यक्तिलाई आवश्यक पर्ने रगत, रगत राख्ने झोला, रगत परीक्षण निःशुल्क रुपमा गर्नुपर्ने उल्लेख गरिएको छ ।

साथै उपलब्ध गराइएको सेवा शुल्क भुक्तानीका लागि मासिक रुपमा जिल्ला रगत तथा रगतजन्य सेवा व्यवस्थापन समिति मार्फत अस्पताल समक्ष बिल भरपाई पेश गर्ने पनि उल्लेख गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?